Close This

लालबन्दीमा क्वारेन्टाइनमा रहेका तीन जनाको आरडीटी रिपोर्ट नेगेटिभ

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१-४ गते   ४१२ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका ९ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको क्वारेन्टाइनमा राखिएका तीन जनाको ¥यापिड डाइग्नोष्टिक टेष्ट रिपोर्ट नेगेटिभ आएको छ ।
बिहिवार तीनै जनामा आरडीटी किटमार्फत कोरोना भाईरस (कोभिड–१९) परीक्षण गर्दा कोरोना भाईरस नरहेको पुष्टी भएको नगर स्वास्थ्य शाखाका सह–संयोजक सुरेन्द्र खतिवडाले जानकारी दिनुभयो  । उहाँका अनुसार प्राथमिक स्वास्थ्य केन्द्रको क्वारेन्टाइनमा भारत, रौतहट र कपिलवस्तुबाट आएका तीन जनालाई राखिएको छ ।
वीरगञ्जबाट आएका अर्का एक जना परवानीपुरमा होम क्वारेन्टाइनमा बसेका छन् । उनको पनि चिकित्सकले नियमित निगरानी गरिरहेका छन् । लालबन्दीमा क्वारेन्टाइनमा रहेका यि चारै जनाको स्वास्थ्य अवस्था अहिले सम्म सामान्य रहेको स्वास्थ्य शाखा सह–संयोजक खतिवडाले बताउनु भयो  ।
यस्तै लालबन्दीको डुमडुमेस्थित तरकारी बजारदेखि दक्षिणतर्फ भारतको हरिद्धारबाट आई जडिबुटीको व्यापार गर्ने दुई परिवारका १२ जनालाई केही दिनदेखि जनज्योति माध्यमिक विद्यालयमा सुरक्षित राखिएको छ । नगरपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीमा ४० बेड तथा परवानीपुर र पत्थरकोट स्वास्थ्य केन्द्रमा पाँच÷पाँच बेडको गरी जम्मा ५० बेडको क्वारेन्टाइन तयार पारेको नगरप्रमुख मानबहादुर खड्काले जानकारी दिनुभयो ।
यसैगरी जिल्लाका अन्य स्थानिय निकायहरुले पनि आ–आफ्नो स्थानिय निकाय भित्र क्वारेन्टाइन निर्माण गरी भारत लगायत अन्य मुलुकबाट आएकाहरुलाई राखिरहेका छन् । जिल्लामा हालसम्म लालबन्दी, चन्द्रनगर, हरिपुर र कौडेनामा क्वारेन्टाइनमा बसेका ६० जनाको ¥यापिड डाइग्नोष्टिक टेष्टमार्फत कोरोना परीक्षण गरिएको छ । ती सबैको रिपोर्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताउनु भयो । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech