Close This

बलरामा स्वा. सिंहको प्रतिमा अनावरण,

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-७-१० गते   ४२ पटक हेरिएको

सर्लाहीको बलरा नगरपालिकामा मधेश आन्दोलनका प्रणेता स्वा.गजेन्द्र नारायण सिंहको प्रतिमा अनावरण तथा गजेन्द्र नारायण सिंह स्मृति पार्कको समुद्धघाटन गरिएको छ ।  लोकतान्त्रिक समाजवादी पार्र्टी नेपालका अध्यक्ष महन्थ ठाकुर एवम वरिष्ठ नेता पूर्व उप्रधामन्त्री राजेन्द्र महतो, पार्र्टी नेता अनिल झाको विशेष उपस्थितिमा आज(बुधबार) एक समारोहका बीच स्वा. सिंहको प्रतिमा अनावरण गरिएको हो ।
बलरा नगरपालिका ९ स्थित स्वा.गजेन्द्र नारायण स्मृति पार्कको निर्माण गरिएको छ । बलरा नगरपालिकाका नगर प्रमुख अभय कुमार सिंहको अध्यक्षतामा  भएको कार्यक्रममा संविधान सभा सदस्य केदारनन्दन चौधरी, प्रदेश सभा सदस्य डिम्पल झा, उपेन्द्र महतो, गौरी नारायण साह,  निलम देवी, पार्टीको विभिन्न तह र तप्काका नेता तथा कार्यकर्ताहरुको विशेष उपस्थितीमा कार्यक्रम सम्पनन गरिएको जिल्ला संयोजक राम प्रसाद यादवले जानकारी दिनु भयो । 
बलरा नगपालिकाको आर्थिक सहयोगमा पार्क निर्माण गरिएको हो ।  पार्क निर्माणका लागि स्थानिय मुनिल कुमार सिंहले ५ कठ्ठा जग्गा प्रदान गर्नुभएको थियो । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech