सर्लाहीको लालबन्दी नगरपालिका १ स्थित लखन्देही खोलाको ७ नं टोल नजिकै मापदण्ड विपरित गिट्टि,बालुवा उत्खन्न गरी लोड गरिरहेको अवस्थामा प्रहरीले नौ वटा टिपर र दुई वटा स्काइभेटर नियन्त्रणमा लिएको छ । लालबन्दी नगरपालिका १ स्थित लखन्देही खोलाको ७ नं टोल नजिकै मापदण्ड विपरित गिट्टि,बालुवा उत्खन्न गरी लोड गरिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय लालबन्दी र ईलाका प्रहरी कार्यालय नवलपुरको संयुक्त प्रहरी टोलीले नौ वटा टिपर र दुई वटा स्काइभेटर नियन्त्रणमा लिएको हो ।
लालबन्दी नगरपालिकाको मिति २०७९ असोज २८ गतेको निर्णय बमोजिम स्थानीय सरकार संचालन ऐन,२०७४को परिच्छेद ३ को घ(६)को व्यवस्था,मधेश प्रदेशको आर्थिक ऐन,२०७९ को दफा ७,“ढुंगा,गिट्टी,बालुवा उत्खनन्,बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड,२०७७”मा निर्धारित प्रक्रियामार्फत लालबन्दी नगरपालिकाले मोक्तान कन्ट्रक्सन एण्ड इन्जिनियरिङ प्रा.लि हरिवनलाई रु ६० लाख ४५ हजार पाँच सयमा ठेक्का दिएको थियो ।
ठेकेदार कम्पनीले मापदण्ड विपरित स्काईभेटर लगाएर उत्खनन् गरिएको पाएपछि प्रहरीले नौ वटा टिपर र दुई वटा स्काइभेटर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेश राज सुवेदीले जानकारी दिए । उनका अनुसार ना ७ ख २६६५,ना ७ ख ८९२१,ना ७ ख ५९९५,ना ७ ख५४५६,ना ७ ख ६४३९,ना ७ ख २९८५,ना ७ ख ६७८९,प्र–२–०३–००१ ख ४२४३ नम्बर र प्र–२–०३–००१ख०२०१ नम्बरको टिपर र दुई वटा स्कारइभेटर प्रहरीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिईएका नौ टिपर र दुई स्कारभेटरका साथै तीनका चालकहरुलाई ईलाका प्रहरी कार्यालय लालबन्दीमा राखिएको र उनीहरुलाई स्थानीय सरकार संचालन ऐन,२०७४को परिच्छेद ३ को घ(६)को व्यवस्था,मधेश प्रदेशको आर्थिक ऐन,२०७९ को दफा ७,“ढुंगा,गिट्टी,बालुवा उत्खनन्,बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड,२०७७”को मापदण्ड विपरित र ढुंगा,गिट्टी,बालुवा उत्खनन् बिक्रि तथा व्यावस्थापन सम्बन्धी(पहिलो संसोधन)मापदण्ड २०७८ अनुसार आवश्यक कार्बाही हुने जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक विजय यादवले बताए ।
यता, लालबन्दी नगरपालिकाले आईइइ अनुसार ठेकका लगाएको र ठेक्कामा मापदण्ड विपरित भए नभएको विषयमा प्रहरीले समन्वय गरेकोभए राम्रो हुने र आफुहरुले पनि सम्झौता अनुसार भए नभएकोसथलगत अनुगमन गरि आवश्यक कार्बाही प्रक्रियामा जाने लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुईटेलले बताए ।
सर्लाहीका नदीहरुका साथै चुरे फेदीहरुमा राष्ट्रिय गौरबका आयोजनाहरुका नाममा हरेक वर्ष मापदण्ड विपरित नदीजन्य पर्दाथको दोहन तथा उत्खनन् हुने गरेको भएपनि प्रहरीले नियन्त्रण्मा लिने र सामान्य कार्बाही पश्चात छुट्ने गर्दा दिनप्रतिदिन बिक्रितीको रुपमा यस प्रकारका कार्यहरु बढ्दै गई रहेका छन् ।