Close This

साझेदारी वनबाट करिब ५० क्युविफिट सालको गोलीया बरामद्

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-१-१३ गते   २०२९ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका ११ बाट अवैध रुपमा तस्करी हुँदै गरेको सालको गोलिया वनको टोलीले बरामद् गरेको छ ।  लालबन्दी नगरपालिका ११ स्थित लालबन्दी साझेदारी वनमा कटान गरि राखिएको अवस्थामा करिब ५० क्युविफिट सालको गोलीया सव डिभिजन वन लालबन्दीको टोलीले बरामद गरेको सव डिभिजन वन कार्यालय लालबन्दीका कार्यालय प्रमुख उज्वल कुमार यादवले जानकारी दिनु भयो ।
वन तस्करहरुले अबैध रुपमा कटान गरेर अन्यन्त्र लैजान लागेको अवस्थामा सालको गोलीया वन रक्षकको टोलीले बरामद गरेको छ । लालबन्दी साझेदारी वनमा कटान गरि राखिएको करिब ५० क्युविफिट सालको गोलीया सव डिभिजन वन कार्यालय लालबन्दीका कार्यालय प्रमुख यादवले जानकारी दिनु भयो ।
सव डिभिजन वन कार्यालय लालबन्दी अन्तर्गतको पत्थरकोट ईकाइ वन पोस्टबाट वन प्राविधिक अमृत कुमार सापकोटा र जम्दार अमर बहादुर पाख्रिनसहितको टोलीले अवैध कटान गरि लुकाएर राखेको अवस्थामा सालको काठ बरामद् गरि सव डिसभजन वन कार्यालय ल्याइएको सव डिभिजन वन कार्यालय लालबन्दीका प्रमुख यादवले बताउनु भयो ।विशेष सुराकीको आधारमा पुगेको वनको टोलीले काठ बरामद् गरेको हो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech