हरिवनबाट २३ ग्राम बढी खैरो हेरोइनसहित दुई जना पक्राउ

259 Shares

सर्लाहीको हरिवन नगरपालिका– ४ बाट लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास र ईलाका प्रहरी कार्यालय हरिवनको टोलीले लागु औषध सहित दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
कार्यालयका अनुसार हरिवन नगरपालिका–४ मा अवैध लागु औषधको कारोबार भइरहेको विशेष सूचनाका आधारमा खटिएको टोलीले २३ दशमलव ३१० ग्राम लागु औषध खैरो हेरोइन सहित हरिवन नगरपालिका–४ का ३२ वर्षीय सागर पाख्रिन र सोही ठाउँका २५ वर्षीय राज भुजेललाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका दुवै जना तथा बरामद गरिएका सामाग्रीलाई ईलाका प्रहरी कार्यालय हरिवनको नियन्त्रणमा राखेर थप अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

सम्बन्धित समाचार