तीनपाटन बहुमुखी क्याम्पसको नवनिर्मित भवन मन्त्री कटुवालद्धारा उद्घाटन

3.6k Shares

सिन्धुलीको तीनपाटन गाउँपालिका २ मा रहेको तीनपाटन बहुमुखी क्याम्पसको नवनिर्मित भवन  आज(शनिवार) उद्घाटन गरिएको छ । विद्यार्थी देवता हाम्रो पढाई लेखाइ पुजा ,सेवा नै परम धर्म हो हामी सेवक सेवीका  भन्ने नाराका साथ तिनपाटन गाउँपालिका २ भिमस्थानमा एक कार्यक्रमको आयोजना गरी नवनिर्मित भवन उद्घाटन गरिएको हो ।
उक्त नवनिर्मित भवनलाई बागमती प्रदेश सरकारबाट रु १५ लाख र तीनपाटन बहुमुखी क्याम्पसबाट रु १० लाख गरि जम्मा रु २५ लाख सहयोग प्राप्त भएको थियोे । दुई तलाको भवनमा ४ वटा कोठा रहेको तीनपाटन गाउँपालिकाका अध्यक्षकर्ण बहादु। थापा मगरले जानकारी दिनुभयो । 
तीनपाटन बहुमुखी क्याम्पसका विद्यालय व्यावस्थापन समितिका अध्यक्ष छत्रबहादुर दाहालको अध्यक्षता तथा  बागमती प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री  प्रदिप कुमार कटुवालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । तीनपाटन गाउँपालिकाका अध्यक्ष थापा मगर र गाउँपालिकाकी उपाध्यक्ष पदम माया तामाङको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको आयोजकले बताएको छ । बागमती प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री कटुवालले रिबन काटेर उक्त भवनको उद्घाटन गर्नु भएको हो ।

सम्बन्धित समाचार