Close This

बरहथवा नगरपालिका २ हजरियामा पाठेघरको उपचार शिविर सुरु

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-१२-४ गते   ५५ पटक हेरिएको

गणेश खड्का
सर्लाहीको बरहथवा नगरपालिका २,हजरियामा शनिबारबाट महिलाहरुका लागि पाठेघरको उपचार गर्न शिविर सुरु भएको छ । बरहथवा नगरपालिका २,हजरियामा शनिबारबाट महिलाहरुका लागि पाठेघरको उपचार गर्न २ दिने शिविर सुरु भएको हो ।
बरहथवा नगरपालिका २ हजरिया सेवा समाजको आयोजना तथा रिप्पल नेपाल चितवनको प्राविधिक सहयोगमा महिलाहरुका लागि पाठेघरको उपचार गर्न शिविर सुरु भएको हो । महिला प्रजनन् कार्यक्रम अन्तर्गत महिलाहरुको पाठेघरको जाँच तथा रिंग राख्ने उद्देश्यले आयोजना गरिएको शिविरमा चार सय ३५ जना महिलाको उपचार गरिएको आयोजकले जनाएको छ ।
बरहथवा नगरपालिका २ को हजरिया सेवा समाजका अध्यक्ष अशोक कार्कीको अध्यक्षता तथा बरहथवा नगरपालिकाकी नगर प्रमुख कल्पना कुमारी कटुवालको प्रमुख आतिथ्यतामा शिविरको उद्घाटन गरिएको हो । शिविरमा १० वर्षपछि हुने पाठेघरको क्यान्सरबारे अहिले नै बताउने र जटिलता देखिएका महिलालाई धुलिखेल लगेर अप्रेसनको समेत व्यवस्था मिलाइने हजरिया सेवा समाजका अध्यक्ष कार्कीले जानकारी दिए । बरहथवा नगरपालिका वडा नं. १, २, ३, ४ र १५ लाई लक्षित गरी पाठेघरको जाँच तथा उपचार शिविर राखिएको बरहथवा नगरपालिकाकी नगर प्रमुख कटुवालले बताईन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech