Close This

हरिपुर ५ को मजुर्वा बजारमा १ हजार जनालाई निःशुल्क मास्क वितरण

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-४-२७ गते   ५५ पटक हेरिएको

सर्लाहीको हरिपुर नगरपालिका ५ मा रहेको मजुर्वा बजारमा वुधवार १ हजार जनालाई नःि शुल्क मास्क वितरण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेपाल मास्क अभियान अन्तर्गत प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र, नेपाल नामक संस्थाले वडा कार्यालयसँग समन्वय गरी व्यापारी र बजारमा आएका स्थानिय नागरिकहरुलाई निःशुल्क मास्क वितरण गरेको हो । 
वडाध्यक्ष मन्सुर अन्सारीको रोहबरमा स्थानियहरुलाई मास्क लगाउने तरिका, मास्क लगाउनु पर्ने कारण र यसको महत्वका बारेमा  समेत जानकारी गराएको संस्थाकी राष्ट्रिय स्रोत व्यक्ति पार्वती विश्वकर्माले जानकारी दिनु भयो ।
संस्थाले वडा र पालिकाहरुसँग समन्वयमा २९ गतेसम्म निःशुल्क मास्क वितरण र सचेतना अभियान संचालन गरिने विश्वकर्माले बताउनु भयो । विज्ञहरुले कोरोना भाइरसको तेस्रो लहर आउन सक्ने चेतावनी दिइरहेका बेला सर्लाहीमा भने अधिकांशले मास्क लगाउन छाडिसकेका छन् भने स्वास्थ्य मापदण्डको पालना पनि भइरहेको छैन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech