Close This

लामो समयपछि आफ्नै भवनबाट सेवा प्रवाह गर्दै हुलाक कार्यालय लालबन्दी

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१-२३ गते   ३४३० पटक हेरिएको

निर्माण सम्पनन भएको ईलाका हुलाक कार्यालय लालबन्दीको प्रशासनिक भवन

सर्लाहीको लालबन्दीमा रहेको ईलाका हुलाक कार्यालयले आफ्नै भवनबाट सेवा सुरु गरेको छ । विगत लामो समयदेखि भाडाको घरमा रहेको हुलाक कार्यालय लालबन्दीले आफ्नै भवन निर्माण गरि आफ्नै भवनबाट सेवा सुरु गरेको हो ।
नेपाल सरकार सुचना सञ्चार तथा प्रविधि मन्त्रालयको रु ३७ लाख ४४ हजार ६ सय २३ रुपैँया २६ पैसामा २०७७ साल असोजबाट निर्माण सुरु भएको भवनको २०७७ साल माघमा निर्माण सम्पन्न भएको इलाका हुलाक कार्यालय लालबन्दीका प्रशासन प्रमुख शेखर खड्काले बताउनु भयो ।
लालबन्दी नगरपालिका ७ मा ईलाका हुलाक कार्यालय लालबन्दीको आफ्नै जमिन रहेको भएपनि उक्त जमिनको लालपुर्जा तत्कालीन नेकपा(माओवादी) द्धन्द्धकालमा जलेको थियो । त्यसपछि विगत ६ वर्षदेखि भाडाको घरबाट आफ्नो सेवा प्रवाह गरि रहेको कार्यालयले अहिले आफ्नै भवन निर्माण गरि आफ्ना सेवाहरु सुरुवात गरेको ईलाका हुलाक कार्यालय लालबन्दीका कार्यालय प्रमुख केशव कुमार पोख्रेलले जानकारी दिनु भयो ।
आर.के.कन्ट्रक्सन वरथवाले नेपाल सरकार सुचना सञ्चार तथा प्रविधि मन्त्रालयको रु ३७ लाख ४४ हजार ६ सय २३ रुपैँया २६ पैसामा २०७७ साल असोजबाट निर्माण सुरु गरि २०७७ साल माघमा निर्माण सम्पन्न गरेर कार्यालय हस्तान्तरण गरेको ठेकेदार रामसागर यादवले बताउनु भयो ।
१५ जनाको दरबन्दी रहेको कार्यालयमा आफ्नै भवन नहुँदा कर्माचारीको दरवन्दी कट्टा समेत गरिएको कार्यालयले जनाएको छ । हाल कार्यालयमा स्थायी,करार,हुलाकी र कार्यालय सहयोगी गरी ६ जना कर्माचारीहरु कार्यरत रहेका छन् ।आफ्नै कार्यालय भवन निर्माण भयो,सेवा प्रवाहमा अब समस्या छैन तर कार्यालयमा आवश्यक मात्रामा कर्माचारीको अभाव रहेको कार्यालय प्रमुख पोख्रेलले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech