सर्लाहीको लालबन्दी नगरपालिका ११,१२,१३ र १७ का विभिन्न पुलको निर्माण कार्यलाई अघि बढाउन माग गर्दैै सर्लाहीका जनप्रतिनिधिहरु अर्थ र भौतिक पुर्वाधार मन्त्रालयमा पुगेका छन् ।
लालबन्दी नगरपालिका ८,११ र १२ का वडा अध्यक्षहरु राजन कुमार श्रेष्ठ,दिपक कुमार लामा र दुर्गा बहादुर आले ११,१२,१३ र १७ का विभिन्न पुलको निर्माण कार्यलाई अघि बढाउन माग गर्दै अर्थ र भौतिक पुर्वाधार मन्त्रालय पुगेका हुन ।
ती पुलहरुको ठेक्का र निर्माण कार्यमा भएको ढिलासुस्तीको माग लिएर जनप्रतिनिधिहरु अर्थ मन्त्री जर्नादन शर्मा(प्रभाकर) र भौतिक पुर्वाधार मन्त्री रेणु यादवलाई भेट्न मन्त्रालयमा पुगेका सर्लाही काठमाडौं जनसम्पर्क मंचका नेता श्याम श्रेष्ठले जानकारी दिनुभयो । आर्थिक बर्ष २०७७÷०७८ र २०७८÷०७९ को बजेटमा समेटिएको तर ठेक्का लगाउने काम सुरु नभएको विषयमा अर्थ मन्त्री शर्मा र पुर्वाधार मन्त्री यादवलाई भेटी चासो राखेका छन् ।
लालबन्दी नगरपालिका ११ र १२ जोडने हिरापुर चोक देखी जियाजोर जानेलखनदेही नदकिो पुल,बाहुनिखोला – बोदेन ( पथरकोट)को पुल,लालबन्दी ११ र १३ जोड्ने पुल,लालबन्दी र हरिवन जोड्ने अत्रौलीको पुल र लालबन्दी नगरपालिका –१७ कालिन्जोर खोलाको पुल विभिन्न समयमा बजेटमा समेटिने तर ठेक्का नलाग्दा सोक्षेत्रका स्थानियले सास्ती बेहोरेको गुनासो गरेपछि आफुहरु मन्त्रालय पुगेको लालबन्दी नगरपालिका ८ का वडा अध्यक्ष राजन कुमार श्रेष्ठले जानकारी दिनु भयो । टोलीमा नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति सर्लाहीका संयोजक कमल बुढाथोकीको समेत सहभागीता रहेको छ ।