Close This

हुलाकी सडक निर्माणमा भएको ढिलासुस्ती प्रति जिल्लामा १६ औँ पटक सर्वदलीय बैठक

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-९-१ गते   २१४ पटक हेरिएको

राष्ट्रिय गाैरबकाे आयाेजना  हुलाकी सडक खण्ड अन्तर्गत सर्लाही खण्डमा  निर्माण कार्यमा ढिलाई भएकाे भन्दै  सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गाैतम आक्रामक बनेका छन्। हुलाकी सडक खण्ड अन्तर्गत सर्लाही खण्डमा निमार्ण कम्पनीको ढिलासुस्तीले आफुहरु हैरान भएको भन्दै स्थानीयले पटक पटक आन्दाेलन गरेपछि शुक्रवार बसेकाे सर्वदलीय   बैठकलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी गाैतमले आक्राेस व्यक्त गरेका हुन ।
मधेश प्रदेशमा रहेका सबै जिल्लाहरुमा हुलाकी सडक निर्माण कार्य पूरा भएपनि जिल्लामा के-कति कारणले हुलाकी सडकको काम  अवरुद्ध भइरहेको हो भन्ने विषयमा छलफल गर्न बसेकाे बैठकलाई सम्बाेधन गर्दै प्रमुख जिल्ला अधिकारी गाैतमले चाँडै आयाेजना सम्पन्न गर्न  र नगरे आवश्यक कानुनी कार्बाही गर्ने चेतावनी दिए ।
प्रतिनिधि सभा सदस्य महेन्द्र राय यादव र  प्रदेश प्रदेश सभा सदस्य काैशल किशाेर राय सहितकाे विशेष उपस्थितिमा  बसेको सर्वदलीय बैठकमा जिल्लाको पुर्व पश्चिम हुलाकी सडक अन्तर्गतका केही ठाउँमा ठेकेदार कम्पनीले हुलाकी राजमार्गकाे निर्माण कार्य सकेकाे बताएपनि मुख्यत: पुर्वमा पर्सा गाउँपालिका देखि पश्चिममा गाेडैता नगरपालिकासम्म विगत २ दशक देखि हुलाकी सडक निर्माण कार्य कछुवाकाे गतिमा भईरहेकाेले भन्दै स्थानीयहरूले पटकपटक चक्काजाम गरि विराेध प्रदर्शन समेत गर्दै आएका छन्। वर्षायाममा हिलाम्मे र हिउँदमा धुलाम्यले गर्दा यस क्षेत्रका स्थानीय आजित भएका नागरिक समाजका संयाेजक उग्रकान्त झाले बताए ।
शुक्रवार सहित १६ औँ  पटक यस विषयलाई लिएर जिल्लामा  सर्वदलीय बैठक मार्फत प्रमुख जिल्ला अधिकारी  गाैतमले ठेकेदारहरूलाई चाँडोभन्दा चाँडो हुलाकी  सडकको काम सम्पन्न गर्न र  काममा ढिलाई गरे ठाउँको ठाउँ कारवाही गर्ने चेतावनी दिएकन छन् । 
बैठकमा जिल्ला समन्वय समिति सर्लाहीका  प्रमुख काैशल सिंह,ब्रह्मपुरी गाउँपालिका अध्यक्ष रामपदारथ साह,सुरक्षा निकायका प्रमुख सहित विभिन्न पार्टी का प्रतिनिधि तथा अध्यक्षहरूकाे   उपस्थित रहेकाे थियाे ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech