प्रदेश सभा सदस्य लुंगेलीको क्षेत्रगत छलफल निरन्तर

2.7k Shares

सर्लाही क्षेत्र नम्बर १(ख)की प्रदेश सभा सदस्य आफ्नो निर्वाचन क्षेत्रका नागरिकहरुसंग निरन्तर छलफलमा लाग्नु भएको छ । क्षेत्र नम्बर १(ख)की प्रदेश सभा सदस्य बेची लुंगेली आफ्नो निर्वाचन क्षेत्रका नागरिकहरुसंग छलफलमा निरन्तर जुट्नु भएको हो । 
प्रदेश सभा सदस्य लुंगेलीले लालवन्दी नगरपालिका १२ को अति दुर्गम क्षेत्र भालुखोप पुगेर त्यहाँका स्थानियसंग छलफल गर्नु भएको हो । जिल्लाको चुरे क्षेत्रमा पानीले ट्रयाक विग्रीएको , यातायातको कुनै साधन  जान नसक्ने अवस्था रहेको,विजुलीका पोल,तारहरुको अवस्थाको अवलोकन गर्दै उहाँले भालुखोपबासीहरुसंग छलफल गर्नु भएको हो ।
भालुखोपमा पिऊने पानीको समस्या, वाटोको मर्मत सम्भार नहुँदा अतिआवश्यक सवारी साधनहरु एम्बुलेन्स लगायतका साधनहरु जान सक्ने अवस्था नरहेको, विधुत  सुचारु नभएको लगायतका समस्याहरु स्थानियले प्रदेश सभा सदस्य लुंगेली समक्ष प्रस्तुत गरेका लालबन्दी नगरपालिका १२ का वडा अध्यक्ष दुर्गा बहादुर आलेले जानकारी दिनु भयो ।
उहाँले नागरिकहरुका समस्या समाधानमा आफु गंभिर भएको र पिउने पानीको समस्या समाधानका लागि चाँडै काम शुरु गर्ने,सो क्षेत्रमा निर्माणाधिन अवस्थामा रहेको ५ किलो मिटर सडक निर्माणको निरन्तरता,विधुतको समस्या समाधान गर्न सम्वन्धित कार्यालयको ध्यान आकर्षण गराउने लगायतका प्रतिबद्धता जनाउनु भयो ।
त्यसका साथै गरिवी,वेरोजगारी, अशिक्षा ,स्वास्थ्य सेवावाट वञ्चित रहेका समस्या आफुले महसुस गरेको प्रदेश सभा सदस्य लुंगेलीले  बताउनु भयो । उहाँले सो क्षेत्रका नागरिकहरुको जीविका परिवर्तनका लागि थप योजना बनाउने बताउनु भयो ।

सम्बन्धित समाचार