दुर्गा कुमारी अधिकारी
सर्लाहीको बागमती नगरपालिका ११ स्थित स्व.सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा भएको पाँचौँ र छैटौँ राजर्षि जनक कप फुटबल प्रतियोगिताको विजेता पिप्ले युवा क्लब हेटौँडा सातौँ राजर्षि जनक कप फुटबल प्रतियोगितामा क्वाटरफाईनलबाटै बाहिरिएको छ ।
पाँचौँ र छैटौँ राजर्षि जनक कप फुटबल प्रतियोगितामा लगातार विजेता बनेको पिप्ले युवा क्लब हेटौँडा सातौँ राजर्षि जनक कप फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा जावलाखेल युवा क्लब ललितपुरसंग ३–२ गोल अन्तरले पराजीत हुँदै क्वाटरफाईनलबाटै बाहिरिएको आयोजक बागमती युवा क्लबले जनाएको छ ।
आयोजक बागमती युवा क्लबका अनुसार छैटौँ राजर्षि जनक कप पुटबल प्रतियोगितामा आयोजकलाई पराजित गर्दै विजेता बनेको पिप्ले युवा क्लब हेटौँडा जावलाखेल युवा क्लबसंग पहिलो क्वाटरफाईनलमा ३–२ गोल अन्तरले पराजीत भएको हो । यो पराजितसंगै पिप्ले युवा क्लब हेटौँडाको सिल्ड कब्जा गर्ने सपना अधुरो रहेको छ ।
साबिक विजेता पिप्ले युवा क्लब हेटौँडालाई ३–२ गोल अन्तरले पराजित गर्दै जावलाखेल युवा क्लब ललितपुरले सेमिफाइनलको यात्रा तय गरेको छ । जावलाखेल युवा क्लबले प्रि–क्वार्टरफाइनलमा सशस्त्र प्रहरीको एपिएफ क्लबलाई पराजित गर्दै पिप्लेसँगको भेट पक्का गरेको थियो भने लगातार दुई सिजनको साबिक विजेता पिप्ले युवा क्लब हेटौँडा एक खेल वाई पाएर क्वाटरफाइनलमा प्रवेश गरेको आयोजक बागमती युवा क्लबका अध्यक्ष किस्मतराज मैनालीले जानकारी दिए ।
नकआउट चरणको प्रतियोगिता अन्तर्गत आइतबार भएको पहिलो क्वाटरफाईनल खेलमा जित निकाल्दै जावलाखेल युवा क्लबले अन्तिम चारको यात्रा तय गरेको बागमती युवा क्लबका महासचिव एवम बागमती नगर खेलकुद विकास समितिका संयोजक सागर मैनालीले जानकारी दिए । उनका अनुसार सोमबार हुने दोस्रो क्वाटरफाइनल खेल सुदुरपश्चिम ११ धनगढी र चर्च व्याईज युनाइटेड ललितपुर विच हुने छ ।
सातौ राजर्षि जनक कप फुटबल प्रतियोगितामा एक विदेशी टिम सहित १२ वटा टिमले सहभागिता जनाएका थिए । माघ २५ गतेबाट सुरु भएको प्रतियोगिता फागुन ७ गते सम्म सञ्चालन हुने आयोजक बागमती युवा क्लबका सचिव कुमार प्रधानले जानकारी दिए ।उनका अनुसार प्रतियोगिताको विजेताले नगद रु १० लाख र उपविजेताले नगद रु पाँच लाख पुरस्कार प्राप्त गर्ने छन् ।
बागमती नगरपालिका र बागमती युवा क्लबले मधेश प्रदेश कै सर्वाधिक धनराशिको फुटबल प्रतियोगिता हरेक वर्ष आयोजना गर्दै आएको छ । सातौँ संस्करण सम्म आइृपुग्दा प्रदेश तथा संघ सरकारबाट कुनै सहयोग नरहेको भएपनि बागमती नगरपालिका र बागमती युवा क्लबले निरन्तर आयोजना सञ्चालन गरि रहेको छ ।सातौँ राजर्षि जनक कप फुटबल प्रतियोगिता सञ्चालन गर्न करिब ९८ लाख १२ हजार लागत लाग्ने आयोजकले अनुमान गरेको छ ।