जिल्ला निर्वाचन कार्यालय सर्लाहीले निर्वाचन खर्चको विवरण बुझाउन उम्मेदवारहरुसंग आग्रह गरेको छ । मंसिर ४ मा सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जिल्लाबाट उम्मेदवार बनेका सबै उम्मेदवारहरुलाई निर्वाचन खर्चको विवरण बुझाउन जिल्ला निर्वाचन कार्यालय सर्लाहीले अनुरोध गरेको हो ।
प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनको लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फ मनोनयनपत्र पेश गरेका उम्मेद्वारहरुले जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जारी गरे अनुसार निर्वाचन खर्च विवरण जिल्ला निर्वाचन कार्यालयमा पेश गर्न एक सूचना नै जारी गरेर उममेदवारहरुसंग अनुरोध गरेको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका कार्यालय प्रमुख निर्मल पोख्रेलले जानकारी दिए ।
उनका अनुसार प्रतिनिधि सभा सदस्य ऐन,२०७४ को दफा ७२ को उपदफा (४) अनुसार निर्वाचनको परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका,२०७९ को अनुसूची ४० बमोजिमको ढाँचामा निर्वाचन खर्चको विवरण बुझाउन सुचनामा उललेख गरिएको छ ।
मतदान सम्पन्न भएको मितिले १५ (पन्ध्र) दिन भित्र पेश गर्नुपर्ने निर्वाचन प्रचारप्रसारको लागि कोणसभा वा आमसभा गर्दा मञ्चको तयारीको लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेद्वारले आफै वा आफ्नो प्रतिनिधि मार्फत पेश गर्नुपर्ने,उम्मेद्वारले निर्वाचन खर्च गर्दा प्रयोग गरेको बैंक खाताको विवरण र खर्च गर्ने जिम्मेवार पदाधिकारीको नाम समेतको विवरण पेश गर्न जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । जिल्लाको प्रतिनिधि सभा क्षेत्र नं. १ का उममेदवारले रु ३१ लाख,प्रतिनिधि सभा क्षेत्र नं. २ का उममेदवारहरुले रु २९ लाख,प्रतिनिधि सभा क्षेत्र नं. ३ का उम्मेदवारहरुले रु ३१ लाख र प्रतिनिधि सभा क्षेत्र नं. ४ का उम्मेदवारहरुले रु २९ लाख सम्म खर्च गर्न पाउने आयोगको सुचनामा उल्लेख छ । त्यस्तै,जिल्लाका ८ वटै प्रदेश सभा सदस्य पद तर्फका उममेदवारहरुले निर्वाचनमा रु १७ लाख खर्च गर्न पाउने आयोगले खर्च मापदण्ड बनाएको छ ।
त्यसैगरी,प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका,२०७९ को दफा ८० को उपदफा र (३) संग सम्बन्धित निर्वाचन खर्चको मतदाता नामावली खरिद,सवारी साधन,प्रचार प्रसार सामग्री,ढुवानी,गोष्ठी अन्तरक्रिया,अन्य प्रचार प्रसार,छापा एवम विद्युतीय माध्यम सामाजिक,सञ्जाल समेत,कार्यालय सञ्चालन र प्रतिनिधि र परिचालन खर्च गर्न प्रयोग भएको बैंक खताको विवरण समेत उल्लेख गरि खर्च विवरण पेश गर्न आयोगले सुचना मार्फत अनुरोध गरेको छ ।
उम्मेदवारले गरेको सम्पूर्ण खर्चको विवरण प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन,प्रदेश सभा सदस्य निर्वाचन ऐन,२०७४ को दफा ७२ तथा आयोगद्वारा स्वीकृत निर्वाचन आचार संहिता बमोजिम सुचना जारी गरेका कार्यालय प्रमुख पोख्रेलले बताए । जिल्लाका ४ प्रतिनिधि सभा सदस्य र ८ प्रदेश सभा सदस्य पदका लागि २ सय २ जनाको उममेदवारी परेको थियो जसमा १ सय ६४ जना उम्मेदवारहरुको जमानत जफत भएको छ ।