सर्लाहीका विभिन्न स्थानमा भएका घटनामा चार जनाको मृत्यु,तीन जना घाईते

229 Shares

सर्लाहीका विभिन्न स्थानमा भएका घटनामा चार जनाको ज्यान गएको छ भने तीन जना घाईते भएका छन्।सर्लाहीको हरिपुर नगरपालिका–५ मजुर्वा स्थित रहेको कृष्ण इटा उद्योगबाट ईटा निकाल्ने क्रममा इटाको पर्खाल खस्दा तीन जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
कार्यालयका अनुसार रामनगर गाउँपालिका–७ का अन्दाजी ५० वर्षका फिताई मंसुर,गौडैता नगरपालिका–९ का अन्दाजी ३५ वर्षका शम्भु राउत र भारतको लखेमपुरका अन्दाजी ३५ कै अंगद कुमारको मृत्यु भएको हो भने मलंगवा नगरपालिका–७ का अन्दाजी ३२ वर्षका तुलसी महतो र अन्दाजी ५२ वर्षका सत्य नारायण महतोको शरिरका विभिन्न भागमा चोट लागि स्थानिय स्वास्थ्य संस्थामा उपचार भई रहेको छ ।
त्यस्तै सर्लाहीको हरिवन नगरपालिका–९ मिरिन्चीङ टोल स्थित भित्रि सडक खण्डमा बालगंगा बाट नयाँरोड तर्फ जादै गरेको बा.६७ प ५०९८ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने एक जना घाईते भएका छन् ।दुर्घटनामा संग्लग्न मोटरसाईकल ईलाका प्रहरी कार्यालय हरिवनको नियन्त्रणमा रहेको छ ।
सर्लाहीको कविलासी नगरपालिका–१ पिपरियाकी अन्दाजी ५८ वर्षकी राज कुमारी साहको ज्यान गएको छ भने मोटरसाईकल चालक उनका श्रीमान् अन्दाजी ६३ वर्षका राजेन्द्र प्रसाद साह घाईते भएका छन् ।तीब्रगतिमा रहेको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएकी राज कुमारीलाई उपचारका लागि रौतहटको चन्द्रपुर स्थित रहेको एक अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।मृतक राजकुमारीको शव सरकारी अस्पताल चपुरको शव गृहमा रहेको छ भने कृष्ण इटा उद्योगमा मृत्यु भएका मानिसहरुको शव प्रादेशिक अस्पताल मलंगवा सर्लाहीमा रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार