ठुलो मात्रामा लागु औषध सहित काठमाडौंका राई सशस्त्र प्रहरी सर्लाहीको नियन्त्रणमा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-२-६ गते   ३१७८ पटक हेरिएको

सर्लाहीको कविलासीबाट सशस्त्र प्रहरीले लागूऔषध सहित एक युवालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल १० नम्बर हे.क्वा गण कबिलासीको टोलीले लागूऔषधको रुपमा प्रयोग हुने ट्याब्लेट र ईन्जेक्सन सहित एक युवालाई पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी बल १० नम्बर हे.क्वा गण कबिलासीको चेकपोष्टमा खटिएको सशस्त्र प्रहरी बलको टोलीले काठमाडौंको तारकेश्वर नगरपालिका ६ का २१ वर्षीय सुनिल राईलाई लागूऔषध सहित नियन्त्रणमा लिईएको सशस्त्र प्रहरी बल १० नम्बर हे.क्वा गण कबिलासीका गणपति सशस्त्र प्रहरी उपरिक्षक भरत खनियाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार सर्लाही सदरमुकाम मलंगवाबाट पैदलै नवपुरतर्फ आउँदै गरेका राईलाई सशस्त्र प्रहरी बल १० नम्बर हे.क्वा गण कबिलासीको चेकपोष्टमा खटिएको सशस्त्र प्रहरी बलको टोलीले शंका लागि चेकजाँच गर्दा राईको साथबाट ५ सय ९८ ट्याब्लेट नाईट्राभेट, ईन्जेक्सन मार्फत लागूऔषधको रुपमा प्रयोग हुने ६ एम्पूल नोर्फिन, ६ एम्पुल फेनार्गन, ३ एम्पुल डाईजेपाम र ३ एम्पुल डाईजेल्याब बरामद् भएको हो ।
पक्राउ परेका राई र बरामद् लागूऔषध आवश्यक कार्बाहीका लागि ईलाका प्रहरी कार्यालय हरिपुरको जिम्मा लगाईएको सशस्त्र प्रहरी बल १० नम्बर हे.क्वा गण कविलासी सर्लाहीका सशस्त्र प्रहरी प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक दिपेन्द्र थापा मगरले जानकारी दिनुभयो ।  

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech