नवराजको अध्यक्षतमा १ सदस्यीय कश्यव गोत्रीय अधिकारी वंश प्रतिष्ठान सर्लाही चयन

382 Shares

कश्यव गोत्रीय अधिकारी वंश प्रतिष्ठान सर्लाहीको अध्यक्षमा नवराज अधिकारी चयन भएका छन् ।शनिबार सर्लाहीको लालबन्दीमा भएको तेस्रो जिल्ला अधिवेशनले अधिकारीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको नव निर्वाचित सचिव अच्युत अधिकारीले जानकारी दिए ।उनका अनुसार समितिको उपा अध्यक्षद्वयमा मेघराज अधिकारी र शंकरप्रसाद अधिकारी कोषाध्यक्षमा विष्णुबहादुर अधिकारी,उपसचिवद्वय मुना अधिकारी र नरराज अधिकारी चयन भएका हुन ।समितिको सदस्यहरुमा सन्तोष अधिकारी,गीता कुमारी अधिकारी,ईश्वर प्रसाद अधिकारी,सन्तोष अधिकारी लगायत चयन भएका छन् । 

sh.jpg
अधिवेशनले बासुप्रसाद अधिकारी,दिपक अधिकारी,मनोज अधिकारी,जीवनाथ अधिकारी,माधव अधिकारी, डिल्ली अधिकारी, मिनाकुमारी अधिकारी र विष्णुहरि अधिकारी गरी ११ जना केन्द्रीय प्रतिनिधि पनि चयन गरेको सचिव अधिकारीले बताए ।केन्द्रीय उपाध्यक्ष तथा मधेश प्रदेश इञ्चार्ज गोविन्द अधिकारीको प्रमुख आतिथ्य एवम् लालबन्दी नगरपालिका १७ का वडा अध्यक्ष विष्णुहरी अधिकारीको अध्यक्षतामा आयोजना गरिएको अधिवेशनमा लालबन्दी नगरपालिका ९ स्थित रहेको जनज्योति बहुमुखी क्याम्पसका अध्यक्ष दिपक अधिकारी, कश्यव गोत्रीय अधिकारी वंश प्रतिष्ठान मधेश प्रदेश संयोजक डिल्ली अधिकारी लगायतले शुभकामना व्यक्त गरेका आयोजकले जनाएको छ । दुई जना सदस्यहरु पछि थप गरिने छ ।

सम्बन्धित समाचार