सर्लाहीको हरिवनमा नेकपा(माओवादी केन्द्र)को भातृसंगठन अनेरास्ववियु(क्रान्तीकारी)ले मसाल जुलुस निकालेको छ । नेकपा(एमाले)को आर्थिक व्यवस्थापन समितिको सदस्यमा गर्भनर महाप्रसाद अधिकारीको नाम आएको विषयको विरुद्धमा नेकपा(माओवादी केन्द्र)को भातृसंगठन अनेरास्ववियु(क्रान्तीकारी)ले मसाल जुलुस निकालेको हो ।
क्रान्तीकारीले“गभर्नर एम अधिकार राजिनामा दे, अनेरास्ववियु क्रान्तिकारी जिन्दावाद,एम अधिकारि मुर्दाबाद” लगायतका नारा लगाउँदै हरिवन नगरपालिका ११ स्थित पुर्व पश्चिम लोकमार्गमा विरोद्ध प्रदर्शन गरेको अनेरास्ववियु(क्रान्तीकारी)का लेखा आयोगका प्रमुख एवम मधेश प्रदेशका सह इन्चार्ज विश्वमनी थापाले जानकारी दिनु भयो । उहाँका अनुसार हरिवन नगरपालिका ११ स्थित पुर्वपश्चीम लोकमार्गको एनआइसी एसिया बैंक नजिकबाट सुरु भएको मसाल जुलुस सहितको विरोद्ध र्याली बजारको परिक्रमा गरि पश्चिम बसपार्कमा पुगेर सकिएको हो ।
अनेरास्ववियु(क्रान्तिकारी) मधेश प्रदेश सचिव सन्दीप नौपानेको नेतृत्वमा सयौँको संख्यामा निस्केको विरोद्ध र्यालीमा“गभर्नर एम अधिकार राजिनामा दे, अनेरास्ववियु क्रान्तिकारी जिन्दावाद,एम अधिकारि मुर्दाबाद” लगायतका नारा लगाइएको अनेरास्ववियु(क्रान्तीकारी) सर्लाहीले जनाएको छ ।
मसाल जुलुस पछिको कोणसभालाई सम्बोधन गर्दै अनेरास्ववियु(क्रान्तिकारी)का मधेश प्रदेश सचिव न्यौपानेले गर्भनर एम अधिकारीले राजीनामा नगरे सम्म आफुहरुको आन्दोलन जारी रहने बताउनु भएको जिल्ला अध्यक्ष रन्जीत सहनीले जानकारी दिनु भयो ।