लालबन्दी १४ र १५ को चुरे क्षेत्रको करिब २ लाख गाँजाका बोट फडानी

202 Shares

सर्लाहीको लालबन्दी नगरपालिका १४ र १५ को चुरेक्षेत्रमा लगाईएको करिब दुई लाख लागु औषध गाँजाका बोट प्रहरीले फडानी गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाही र ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको संयुत्त प्रहरी टोलीले लालबन्दी नगरपालिका १४ र १५ को चुरेक्षेत्रमा लगाईएको करिब दुई लाख लागु औषध गाँजाका बोट फडानी गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
सर्लाहीको चुरे क्षेत्र र सिन्धुलीको मरिण र हरिहरपुरगढी क्षेत्रका साथै मकावनपुरको चुरे क्षेत्रमा पछिल्लो समय लागु औषध गाँजा लगाउने गरिएको विशेष सूचनाको आधारमा प्रहरीले पछिल्लो समय लगातार लागु औषध गाँजा फडानी गरि रहेको छ ।तर प्रहरीले लागु औषध गाँजा फडानी गरि रहेको भएपनि लागु औषध गाँजा ओसार पसारको काम उतिकै भई रहेको पछिल्लो समय प्रहरीले नियन्त्रणमा लिई रहेको लागु औषध गाँजाले पुष्टि गर्छ ।

सम्बन्धित समाचार