स्रोत नखुलेको साँढे २ लाख भन्दा बढी रकम सहित झा पक्राउ

454 Shares

सर्लाहीको मलंगवा स्थित गोरखकाली नाका भन्सार अगाडिबाट स्रोत नखुलेको साँढे दुई लाख भन्दा बढी रकम सहित एक जनालाई सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म मलंगवाले नियन्त्रणमा लिएको छ।नेपाल भारत सीमा क्षेत्र स्थित मलंगवा स्थित गोरखकाली नाका भन्सार अगाडिबाट भारतबाट नेपाल तर्फ आउँदै गर्दा चक्रघट्टा गाउँपालिका ७ का अन्दाजी वर्ष २१ का विरेन्द्र झालाई स्रोत नखुलेको रु दुई लाख ६४ हजार नगद सहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीले जनाएको छ ।
त्यसैगरी,मलंगवा नगरपालिका २ को राज श्री चोकबाट भन्सार छलीको विभिन्न सामानहरुे नियन्त्रणमा लिएको छ।मलंगवा नगरपालिका २ स्थित राज श्री चोकबाट बा ४ ख ५०९४ नम्बको बसमा लोड गरि मलंगवाबाट नवलपुर तर्फ ल्याउने क्रममा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म मलंगवाका गुल्मपति एवम सशस्त्र प्रहरी नायव उपरीक्षक लिला बहादुर कार्कीको नेतृत्वको सशस्त्र प्रहरीको टोलीले तेल,मोटर दाना,खुर्सानी,चिनी र लसुन नियन्त्रणमा लिएर आवश्यक कार्बाहीका लागि सर्लाही भन्सार कार्यालय मलंगवा बुझाएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीले जनाएको छ ।कार्यालयका अनुसार भन्सार छली लुकाई छिपाई बसमा लोड गरेर मलंगवाबाट नवलपुर तर्फ ल्याउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको उत्त सामान स्रोत नखुलेको रकम र मानिसलाई आवश्यक कार्बाहीका लागि सर्लाही भन्सार कार्यालय मलंगवा बुझाईएको छ ।

सम्बन्धित समाचार