हरिवनको निःशुल्क आँखा शिविरमा १ हजार बढीको आँखा जाँच

343 Shares

सर्लाहीको हरिवन नगरपालिकाका विभिन्न स्थानहरुमा सञ्चालित निःशुल्क आँखा शिविरमा एक हजार भन्दा बढीले आँखाको जाँच गराएका छन्।फागुन ३ गतेबाट हरिवन नगरपालिकाका विभिन्न स्थानहरुमा सुरु भएको निःशुल्क आँखा शिविरमा एक हजार ३७ जनाले आँखा जाँच गराउँदा दुई सय पाँच जनामा मोतिया बिन्दु फेला परेको हरिवन नगरपालिकाको नगर स्वास्थ्य शाखाका संयोजक रामबाबु चौधरीले जानकारी दिए ।
उनका अनुसार हरिवन नगर स्वास्थ्य शाखाकाले फागुन ३ गते बाट सुरु गरेको आँखा शिविरमा एक सय १२ जना आँखाका रोगीलाई निःशुल्क चस्मा प्रदान गरिएको छ।हरिवन नगरपालिका,नेपाल नेत्रज्योति संघ भरतपुर आँखा अस्पताल,चितवन र आखा उपचार केन्द्र सुखेपोखरी हरिवनको संयुक्त आयोजनामा सञ्चालित आँखा शिविर फागुन ८ गते सम्म सञ्चालन हुने चौधरीले बताए ।फागुन ६ गतेबाट  ८ गतेसम्म तीन दिन आँखा उपचार केन्द्र सुखेपोखरीमै निःशुल्क अपरेशन(सल्यक्रिया) गरिने आयोजकले जनाएको छ ।
पछिल्लो समय धुँवा,धुलो तथा मोवाईल र कम्प्युटरजस्ता प्रविधिको प्रयोगले मानिसहरुको आँखामा समस्या आउने गरेको स्वास्थ्य शाखाका संयोजक चौधरीले बताए।हरिवन नगरभित्र पनि मोतिया विन्दुका विरामीहरु धेरै हुन सक्ने भन्दै उनीहरुलाई नै लक्षित गरेर शिविर सञ्चालन गरिएको हो ।

सम्बन्धित समाचार