लालबन्दी जेसिजद्वारा गुरुकलमा खाद्यान्न सहयोग

2.5k Shares

सर्लाहीको लालबन्दी नगरपालिका ७ स्थित डुमडुमे मन्दिर देवालय परिसरमा लालबन्दी जेसीजले खाद्यान्न हस्तान्तरण गरेको छ । मानवताका लागि सामाजिक सेवामा सकृय लालबन्दी जेसीजले खाद्यान्न सहयोग गरेको हो ।
लालबन्दी गुरुकुलका लागि १८० केजी चामल, ५० केजी आलु, १० लिटर खानेतेल, १० केजी दाल, १० केजी नुन लगायतका खाद्य सामाग्री हस्तान्तरण गरिएको लालबन्दी जेसिजका महासचिव ठाकुर प्रसाद बख्रेल(मनोज)ले कमलामाई खबरलाई जानकारी दिनुभयो । उहाँका अनुसार जेसिजका उपाध्यक्ष सुमन थापाको संयोजकत्वमा खाद्यान्न हस्तान्तरण गरिएको हो ।
खाद्यान्न हस्तान्तरण कार्यक्रममा लालबन्दी जेसिजका अध्यक्ष सन्तोष पौडेल, निवर्तमान अध्यक्ष श्याम कुमार खड्का, संस्थापक अध्यक्ष किरण घिमिरे लगायत लालबन्दी जेसीज बर्ष २०२१ र २०२२ का पदाधिकारीहरु तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।
संस्थापक अध्यक्ष घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गुरुकुलका प्रधानाचार्य, मुख्य ब्यवस्थापक देविबन्धु थापा लगायतले दाताहरुलाई सम्मान समेत गर्नु भएको लालबन्दी जेसिजका कानुनी सल्लाहकार सरोजबाबु न्यौपानेले बताउनु भयो ।

सम्बन्धित समाचार