सर्लाहीको रामनगर गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बर्माको उपचारका क्रममा मृत्यु भएको छ । बर्माको उपचारका क्रममा शनिवार राती मेडिसेटी अस्पताल काठमाण्डौंमा मृत्यु भएको उहाँका परिवारजनले बताएका छन् ।
रामनगर गाउँपालिका–१, खैर्बा निवासी बर्मा लामो समयदेखि बिरामी पर्नु भएको थियो । उहाँ बिरामी परेर असार १४ गते उपचारका लागि काठमाण्डौं जानु भएको थियो । बर्मा पे्रसर, सुगर र किड्नीको बिरामी रहनु भएकोे पारिवारिक स्रोतले जनाएको छ ।
बर्माकी श्रीमती सुधा बर्मा समेत बिरामी परेर मेडिसेटी अस्पतालमै आइसियूमा उपचारत रहनु भएको छ । बर्मा २०७४ सालको निर्वाचनमा नेपाली काँगे्रसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित हुनु भएको थियो ।
तीनपटक सम्म साबिकको खैर्बा गाविसको अध्यक्ष र अहिले गाउँपालिकाको अध्यक्ष हुनुभएका बर्माको निधनपछि पूरै गाउँपालिकावासी शोकमग्न भएका छन् । उहाँको शव भोली अन्येष्टि गर्न आज काठमाण्डौंबाट सर्लाहीका लागि हिँडाइएको छ ।