पार्टी के हो, कहाँ छ ?

3.2k Shares

शान्तिमान कार्की

पार्टी के हो ?  यो प्रश्न अहिलेको समयमा हर कोहीको मनमा उठेको हुनु पर्छ। पार्टी कहाँ छ रु हर कोहिले खोजेको हुनु पर्छ। दशकौँदेखि पार्टीको लागि हाडछाला घोटेका नेता, कार्यकर्यकर्ता र जनतालाई आज मानव जातीले भोग्नुपरेको कोरोना महामारीको बेला पार्टीको ठोस योजना र कार्यक्रमहरु चाहिएको छ।

कोरोना भाइरसको संक्रमण रोक्न सरकारले जारी गरेको लकडाउनबाट देश भित्र र देश बाहिर रहेका नेपाली जनतामाझ उत्पन्न भएको विषम परिस्थितिले समस्त नेपाली जनताको जीवन कष्टकर बनेको छ। ठिक यसैबेलामा सरकारलाई बदनाम गर्नैको लागि पार्टी भित्रैबाट सुरु गरिएका कतिपय गलत हत्कण्डाहरु निन्दनीय र गैरजिम्मेवार देखिन्छन्।

प्रतिपक्षले बरु आफ्नो धर्म निर्बाह गरे पनि यति तल झरेर सरकारको बिरोध गरेको देखिँदैन।
सरकारकै सचेत पहलमा लकडाउन गरिएकोले आजसम्म कोरोना संक्रमण फैलिन पाएको छैन भन्ने कुराको पनि हेक्का राख्न जरुरी छ। हाम्रो भन्दा धेरै विकास गरेका युरोप र अमेरिका जस्ता देशहरु समेत कोरोना महामारीको क्रुर चपेटामा परेर हजारौँ जनताहरुको अकाल मृत्यु भईरहेको अबस्थामा लकडाउन कै कारण आजका दिनसम्म नेपाल लगभग सुरक्षित रहेकोछ।

कोरोना संक्रमण फैलिन नदिन सुरु गरिएको लकडाउनका कारणले नेपाली श्रमजीवी जनताले अप्रत्यासित दुःख र विपदको सामना गरिरहेको अहिलेको कठिन अवस्थामा त्यसलाई न्युनिकरण गर्न पार्टीको समग्र शक्तिलाई एकताबद्ध र सुरक्षित रुपमा परिचालन गर्ने योजना सहित कोरोना माहामारी रोक्ने अभियानलाई सशक्त बनाउनुको विकल्प देखिँदैन।

यसका लागि सरकार र पार्टीले खेल्ने भूमिकाबारे स्पष्ट नीति, योजना र कार्यक्रमको खाचो देखिन्छ। सबै राजनीतिक दलहरूलाई यस प्रकृयामा सामेल गर्नु अपरिहार्य छ। ब्यक्तिवादी ढंगको सस्तो प्रचारबाजी गर्नु भन्दा पार्टीको समग्र शक्तिलाई परिचालन गर्दा अझ धेरै सकारात्मक परिणाम प्राप्त गर्न सकिन्छ।भन्ने गौतम बुद्दको संघाय वलम्स्महा(वलम् वा संघम् शरणम् गच्छामिस् अमरबाणी सबैले पुनस्मरण गरौँ।

सम्बन्धित समाचार