एक युवकमाथि छुरा प्रहार गरेको आरोपमा एक जना पक्राउ,प्रहरीले विवरण सार्वजनिक गरेन्

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०८०-६-५ गते   ५९८ पटक हेरिएको

सर्लाहीमा गणेशको मूर्ति विसर्जनको क्रममा दुई समुह विच झडप हुँदा एक युवकमाथि छुरा प्रहार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । विहिबार साँझ भएको दुई समुदायबीचको झडपको क्रममा युवकमाथि छुरा प्रहार गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाही जनाएको छ ।
घटनामा छुरा प्रहार गरेको भन्दै मोहम्मद अमजद मिकरानीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाही स्रोतको दाबी छ । तर जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक दिपेन्द्र पञ्जियार थारुले मूर्ति विसर्जनको घटनामा छुरा प्रहार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको पुष्टि गरेपनि विवरण सार्वजनिक गर्न मानेनन् ।
 जिल्ला प्रशासन कार्यालय सर्लाहीको ठाडो आदेशमा मिकरानीलाई शुक्रबार दिउँसो पक्राउ गरिएको बताईएको छ ।बिहीबार साँझ गणेशको मूर्ति सेलाउन जाने क्रममा हिन्दु र मुस्लिम समुदायबीच झडप भएपछि स्थानीय प्रशासनले बिहीबार राति १० बजेदेखि मलंगवा क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech