Close This

छोराको जन्मदिनमा पत्रकार एस.पी.गौरबद्धारा वुद्ध सेवाश्रममा झुल वितरण

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१-१ गते   ३५५ पटक हेरिएको

कमलामाई मिडिया प्रा.लीका अध्यक्ष,सञ्चालक एवम प्रवन्ध निर्देशक पत्रकार एस.पी.गौंरब,पद्धम भुवनेश्वरी नमुना वृद्धसेवाश्रमकी व्यावस्थापक भवानी कोइरालालाई झुल हस्तान्तरण गर्दै फोटो सहकर्मी रमेश अधिकारी(रितिक)

सर्लाहीको लालबन्दी नगरपालिका २ जुटपानीमा रहेको पद्धम भुवनेश्वरी नमुना वृद्धसेवा श्रममा आश्रित वृद्धवद्धाहरुलाई झुल वितरण गरिएको छ । कमलामाई मिडिया प्रा.लीका अध्यक्ष,सञ्चालक एवम प्रवन्ध निर्देशक  पत्रकार शंखर पहाडी(गौरब).एस.पी.गौंरबले आफ्नो छोराको जन्मोउत्सवको अवसरमा वृद्धसेवा श्रममा आश्रित ४५ जना वृद्धवद्धाहरुलाई झुल वितरण गर्नु भएको हो  ।


आफ्नो छोरो डोरमणी पोख्रेल आजैबाट दोस्रो वर्षपुरा गरि तेस्रो वर्ष प्रवेश गरेको अवसरमा पत्रकार एस.पी.गौरबले वृद्धसेवा श्रममा आश्रित ४५ जना वृद्धवद्धाहरुलाई झुल वितरण गर्नु भएको हो । 
तराई क्षेत्रमा गर्मि मौसममा हुने लामखुट्टेको टोकाईको संक्रमणबाट बच्न सहयोग पुगोस भनेर पत्रकार एस.पी.गौरब सहित उहाँकी धर्मपत्नी दुर्गाकुमारी अधिकारी(पोख्रेल) र छोरा डोरमणी पोख्रेल वृद्ध सेवाश्रममा पुगेर  ४५ थान झुल सहयोग गर्नु भएको वृद्ध सेवाश्रमकी व्यावस्थापक भवानी कोईरालाले बताउनु भयो ।
वृद्ध सेवाश्रममा हरेक मनकारी दाताहरुले विभिन्न सामाग्रीहरुको साथै खाद्यान्न सहयोग गरिरहनु भएको भएपनि कमलामाई मिडिया प्रा.लीका अध्यक्ष,सञ्चालक एवम प्रवन्ध निर्देशक  पत्रकार .एस.पी.गौंरबले झुल वितरण गरि थप सहयोग गर्नुभएको वृद्ध सेवाश्रमकी व्यावस्थापक कोईरालाले बताउनु भयो । उहाँले कमलामाई मिडिया प्रा.लीका अध्यक्ष,सञ्चालक एवम प्रवन्ध निर्देशक  पत्रकार एस.पी.गौंरब सहित उहाँको परिवारलाई सहयोगका लागि धन्यवाद समेत दिनुभयो । 


सिन्धुलीको तीनपाटन गाउँपालिका १० स्थायी घरभई विगत करिब १० वर्षदेखि सर्लाहीको लालबन्दी नगरपालिका ६ मा  अस्थायी बसोबास गर्दै आउनु भएका पत्रकार एस.पी.गौरबले  वृद्ध सेवाश्रमका लागि फरक सामाग्रीहरुको सहयोग गर्नुभएको  हो ।  खाद्यान्न,फलफुल तथा नगद अरु दाताहरुबाट समेत सहयोग भइरहेको भए पनि आफुले फरक तर अतिआवश्यक सामाग्री सहयोग गरेको पत्रकार एस.पी.गौरबले  बताउनु भयो । अन्य सहयोगहरु जुटिरहेको भएपनि यस प्रकारका सहयोगमा अरु सहयोगीदाताहरुको नजर नपुगेको हुँदा आफुले दिर्घकालीन योजनाका साथै बढ्दो गर्मि मौसममा लामखुट्टेको टोकाईको संक्रमणबाट बच्न आफुले गरेको सहयोग विशेष हुनेमा आफु विश्वस्त रहेको पत्रकार .एस.पी.गौंरबले बताउनु भयो ।
 पछिल्लो पुस्ताका युवावर्गहरुलाई सामाजिक कार्यप्रति आकर्षण बढाउन आफुले आफ्नो छोरोको जन्म दिनको अवसरमा वृद्ध सेवाश्रममा बसेका वृद्धवृद्धा आमाबुबाहरुलाई थोरै भएपनि सहयोग पुगोस भनेर झुल वितरण गरेको पत्रकार .एस.पी.गौंरबले बताउनु भयो । झुल वितरण कार्यक्रममा कमलामाई मिडिया प्रा.लीका सम्वाद दाता रमेश अधिकारी(रितिक), समाजसेवी अम्वीका बुढाथोकी(राउत)लगायतको उपस्थिती रहेको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech