सर्लाहीको लालबन्दी नगरपालिकाको न्यायिक समितिमा आर्थिक वर्ष २०८२/०८३ मा ७३ वटा उजुरी परेका छन्।आर्थिक वर्ष २०८२ साउन देखि २०८३ को असार सम्मको एक वर्षको अवधिमा लालबन्दी नगरपालिकाको न्यायिक समितिमा ७३ वटा उजुरीहरु परेका र ३५ वटा उजुरी फर्छयौट भएका नगर उप प्रमुख एवम न्यायीक समिति संयोजक कल्पनामाया पाख्रिनले बताईन् ।
उनका अनुसार नेपालको संविधान २०७२ को धारा २१७ का साथै स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ८ ले तोकेको अधिकार क्षेत्रभित्र रहेर गठन भएको न्यायिक समितिले स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले दिएको अधिकारलाई प्रयोग गर्दै लालबन्दी नगरपालिकाको न्यायिक समिति सञ्चालन सम्बन्धी कार्यविधि २०७५ अनुसार दर्ता भएका उजुरी उपर न्यायिक निरुपण गरिएको हो ।
लालबन्दी नगरपालिका भित्र ८५ जना मेलमिलापकर्ताहरु सक्रिय रहेका र आर्थिक वर्ष २०८२/०८३ मा न्यायीक समितिका ७३ वटा बैठक बसेका छन् भने तीन वटा उजुरी न्यायिक समितिले हेर्न नमिल्ने भएकाले सरोकारवाला निकायमा लालबन्दी नगरपालिकाको न्यायिक समितिको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार १७ वटा वडा रहेको लालबन्दी नगरपालिकामा आर्थिक वर्ष २०८२/०८३ अघिल्ला आर्थिक वर्षका तीन सय ५५ वटा उजुरीहरु सरी आएका छन् । आर्थिक वर्ष २०८२/०८३ मा जग्गा सम्बन्धी विवादका ४३ वटा उजुरी,घर सम्पतिलाई असर पार्ने गरी रुख विरुवा लगाइएका पाँच वटा उजुरी,पति पत्नी विचको सम्बन्ध सम्बन्धी तीन वटा उजुरी र अन्य २२ वटा उजुरी परेका समितिले जनाएको छ ।
न्यायिक समितिमा घरेलु हिंसा,पानी घाट,जग्गा विवाद,घरायसी समस्याहरुका साथै गाली गलौज,श्रीमान श्रीमती विचाको विवाद,बाटो मिचेको,घर भाडा तथा अन्य उजुरीहरु पर्ने गरेका न्यायिक समितिकी संयोजक एवम नगर उप प्रमुख पाख्रिङ्ले बताईन् । उनका अनुसार कतिपय उजुरीहरु न्यायिक समितिले हेर्न नमिल्ने खाल्का पनि आउने तर त्यस्ता उजुरीहरुलाई माथिल्लो निकाय अर्थात सरोकारवाला निकायमा पठाउने गरिएको छ ।न्याय सम्पादन गर्दा न्यायिक समितिमा कानुनी सल्लाहकार नहुँदा समस्या हुने गरेकोमा पछिल्लो समय कानुनी सल्लाहकार नियुत्तःगरेपछि उजुरी फर्छयौटमा निकै सहज भएको लालबन्दी नगरपालिकाको न्यायिक समितिले जनाएको छ ।
न्यायिक समितिको अधिकार भित्र आली,धुर,बाँध,पैनी,कुलो पानी घट्टाको बाँडफाँड तथा उपयोग,अर्काको बाली नोक्सानी गरेको, चरन, घाँस, दाउरा,ज्याला मजदुरी नदिएको,घरपालुवा पशुपंक्षि हराएको र पाएको,नाबालक छोराछोरी वा पति–पत्नीलाई उज्जत आमद अनुसार खान लाउन वा शिक्षा दीक्षा नदिएको,वार्षिक २५ लाख सम्म बिगो भएको घर वहाल वा घर बहाल सुविधा,अन्य व्यक्तिको घर,जग्गा वा सम्पतीलाई असर पर्ने गरी रुख विरुवा लगाएको,आफ्नो घर वा बलेसीबाट अर्काको घर,जग्गा वा सार्वजनिक बाटोमा पानी झारेको,संधियारको जग्गा तफर्,झ्याल राखी घर बनाउनु पर्दा कानुन बमोजिम छोड्नु पर्ने जग्गा नछोडी बनाएको,कसैको हक वा स्वामित्वमा भएपनि परापूर्वदेखि सार्वजनिक रुपमा प्रयोग हुँदै आएको बाटो,वस्तुभाउ, निकास,वस्तुभाउ चराउने चौर,कुलो,नहर,पोखरी,पाटी,पौवा,अन्त्यष्टि स्थल,धार्मिकस्थल वा अन्य कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा पुर्याएको साथै संघीय वा प्रदेश कानूनले स्थानीय तहबाट निरुपण हुने भनि तोकिएको छ ।