Close This

सार्बजनिक सवारीहरुबाट यात्रु ठगिदै

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-७-५ गते   ३६० पटक हेरिएको

प्रदेश नं. २ का लामो रुटमा चल्ने  सार्बजनिक सवारी साधनहरुले यात्रुहरुलाई ठगी रहेका छन । सरकारले तोकेको स्वास्थ्य मापदण्डको उल्लंघन गर्दैँ सार्बजनिक सवारी साधनहरुले यात्रुहरुलाई कोचि कोचि राखेर पनि ५० प्रतिशत बढी भाडा लिने गरेका यात्रुहरुको गुनासो छ । 
सवारी साधनहरुमा भाडा दररेट पनि नराखिएको,सरकारले तोकेको स्वास्थ्य मापदण्ड पनि पालना नगरेको साथै भाडामा ५० प्रतिशत बृद्धि गरेर लिएको विरगन्ज जनकपुर चल्ने बसमा सवार यात्रु कविर महतोले बताउनु भयो । अनुगमन गर्ने सम्बन्धित निकाय कानमा तेल हालेर निदाईरहेको महतोको आरोप छ ।
यसक्षेत्रमा चल्ने सार्बजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुदेखि चालकसम्मले स्वास्थ्य मापदण्डको पालना नगरी यात्रा गरेपनि नियमनकारी निकायहरुले खासै वास्ता नगर्ने गरेको यात्रुहरुको गुनासो छ । मन लागेको समयमा ट्राफिक प्रहरीले सवारी रोकेर यात्रुका गुनासो सुन्ने काम गरेको भएपनि समस्या समाधानमा कसैको ध्यान नपुगेको अर्का यात्रु प्रकाश पोख्रेलले बताउनु भयो । 
सरकारले सार्वजनिक यातायातमा सीट क्षमता अनुसार नै यात्रुहरु राख्न पाउने नियम लागू गरी पुरानै भाडादर कायम गरे पनि विरगन्ज जनकपुर चल्ने सवारी साधनहरुले ५० प्रतिशत बढीकै भाडा असुलीरहेका छन । 
नजिकिदै गरेको नेपालीको महान चाढ बडादशैँ शुरु भएको भन्दै मन्त्रिपरिषद्को असोज २६ गतेको बैठकले यातायात व्यवसायीको माग अनुसार सीट क्षमता अनुसार नै यात्रुुहरु राख्न पाउने निर्णय गरेको थियो ।यसअघि २०७५ असोज ७ गतेदेखि समायोजन गरिएको भाडादर नै कायम हुने निर्णय भएको जनाएको थियो। तर सरकारको निणर्यलाई भने यातायात व्यावसायीहरुले वेवास्था गरि ५० प्रतिशत बढीकै भाडा असुलीरहेका छन । 
भने आफुहरुले सवारी साधनको चोकजाँचलाई निरन्तरता दिएको,यात्रुहरुका समस्या समाधानका लागि प्रदेशका सबै जिल्लाका सबै स्थानहरुमा यात्रु सहायता कक्षको स्थापना गरेको, ट्राफिक नियम विपरित चल्ने सवारी साधनहरुलाई आवश्यक ट्राफिक नियमानुसार कार्बाही गरेको प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रदेश नं. २ पथलैयाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक श्याम कुमार महतोले बताउनु भयो ।
प्रहरी उपरिक्षक  महतोका अनुसार यात्रुहरुले आफुहरुलाई सबै समस्या नसुनाएका कारण पनि समस्या आएको हो । भने यात्रुको गुनासो आउने लगतै आवश्यक कार्बाही गर्ने गरेको प्रहरी उपरिक्षक महतोले बताउनु भयो । यातायाता व्यावसायीहरुले भाडादर रेट नराखेको,यात्रुहरुले झुटबोलेका कारण समस्या आएको ट्राफिक प्रहरीको भनाई छ ।
भने लोकल बसमा भाडा लोकलै हुने र लामो समय सम्म थन्कीएर बस्दा आफुहरु धरामपमा परेका कारण पनि यात्रुहरुसंग खुसीले भाडा लिने गरेको यातायात व्यावसायी समेत रहेका सवारी चालक विनोद साहले बताउनु भयो । साथै यात्रुहरुले पनि ट्राफिक प्रहरीले भाडाको विषयमा सोध्दा आफुहरुलाई बचाउने गरेको साहको भनाई छ ।
प्रदेश नं. २ का आठवटै जिल्लाका पुर्व पश्चीम लोकमार्ग,भित्रि सडक खण्डरु, सिमानाकाहरुमा गरि ७९ ट्राफिक प्रहरी युनिटहरु रहेका छन । भने प्रदेश प्रदेश नं. २ मा मात्र  २ सय ४४ पुर्व पश्चीम लोकमार्ग पर्दछ ।  

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech