Close This

सर्लाहीका स्थानिय निकायहरुको नीति, कार्यक्रम र बजेट प्रस्तुत

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-३-१२ गते   ३६० पटक हेरिएको

पाँचौँ नगर सभा उद्घाटन गर्नु हुदैँ लालबन्दी नगरपालिकाका नगर प्रमुख खड्का र उप प्रमुख लामा

सर्लाहीका नगरपालिका र गाउँपालिकाको नगर तथा गाउँ सभा नीति, कार्यक्रम र बजेट प्रस्तुत भएको छ । जिल्लाको हरिपुर्वा नगरपालिका बाहेक  लालबन्दी नगरपालिका,हरिवन नगरपालिका, हरिपुर नगरपालिका,कविलासी नगरपालिका, मलंगवा नगरपालिका, बरहथवा नगरपालिका,गोडैता नगरपालिका, चक्रघटा गाउँपालिका र चन्द्रनगर गाउँपालिका लगायत जिल्लाका स्थानिय निकायहरुको नगरसभा र गाउँसभा सम्पन्न भएको हो ।
लालबन्दी नगरपालिकाले आर्थिक वर्ष ०७७÷७८ को लागि नगर प्रमुख मान बहादुर खडकाले ७५ करोड १८ लाख ४८ हजार ९ सय रुपैयाको आय, व्यय प्रस्तुत गर्नु भएको थियो ।यसैगरी चन्द्रनगर गाउँपालिकाले सातौ गाउँ सभा सम्पन्न गरेको छ । चन्द्रनगर गाउँपालिकाले आर्थिक वर्ष २०७७÷७८ अनुमानित ५० करोड, २४ लाख२९ हजार, ७ सय ३० रुपैयाको आय व्यय प्रस्तुत गरेको चन्द्रनगर गाउँपालिकाका महेन्द्र महतोले जानकारी दिनु भयो ।त्यस्तै बरहथवा नगरपालिकाले आ।व।२०७७÷०७८ को लागि ६२ करोड ६ लाखको नीति तथा कार्यक्रम ल्याई बजेट ल्याएको नगरपालिकाले जनाएको छ ।
त्यस्तै कविलासी नगरपालिकाले आर्थिक वर्ष ०७७÷७८ मा नीति तथा कार्यक्रम गर्न रु।५६ कारोड, ६२ लाख ,९८ हजार, ८ सय ५६ रुपैया बजेट बिनियोजन गरेको नगर प्रमुख कौशल किशोर यादबले जानकारी दिनु भयो ।यसैगरी मलंगवा नगरपालिकाको छैटौ नगरसभा आर्थिक वर्ष २०७७र०७८ को लागि प्रस्तावित ५५ करोड ४३ लाख ७२ हजार बजेटको निति तथा कार्यक्रम माथि छलफल सुरु भएको छ ।
स्थानिय तहरुले कोभिड १९ को संक्रमण लगायतका महामारी र विपदबाट नागरिकको जीवन जीवन रक्षा गर्दै जनजिवनलाई सहज र सुरक्षित बनाउने,उपलब्ध श्रोत साधन ,क्षमता र अवसरको उच्चतम परिचालन गरि रोजगारीको अवसर श्रृजना गर्दै आर्थिक विकासको गतिलाई निरन्तरता दिने,चालु आ.व का अधुरा वार्षिक योजना तथा कार्यक्रमहरुलाई निरन्तरता दिई सम्पन्न गर्न ।दिगो विकास लक्ष्य प्राप्तिका लागि आवश्यक कार्य गर्ने ।सामाजिक ,आर्थिक र पुर्वाधार विकास मार्फत नगरवासीहरु तथा गाउँवासीहरुको जीवनस्तर माथि उठाउने ,संघ र प्रदेश सरकारसँग समन्वय र सहकार्यलाई जोड दिने र असल शासन प्रवर्द्धन गरि स्थानीय सेवा प्रवाह प्रभावकारी बनाउने  जिल्लाका स्थानिय निकायहरुले  सार्वजनकि गरेको बजेटमा योजना समेटीएको छ ।
 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech