इन्द्रजात्राको दिन असोज १२ गते बागमतीमा स्थानीय बिदा घोषणा

गणेश खड्का    प्रकाशित: २०८०-६-११ गते   ३६७ पटक हेरिएको

सर्लाहीको बागमती नगरपालिकाले इन्द्रजात्राको अवसरमा असोज १२ गते शुक्रबार स्थानीय बिदा घोषणा गरेको छ । असोज १२ गते शुक्रबार(भोली) इन्द्रजात्रा मेला महोत्सवको अवसरमा बागमती नगरपालिका अन्तर्गतका सबै कार्यालय,संघ/संस्था तथा शैक्षिक संस्थाहरुमा एक दिन स्थानीय विदा दिने बागमती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिमल कुमार पोखरेलले हस्ताक्षर गरि एक सूचना जारी गरेका छन् ।
नगर कार्यपालिकाको निर्णय अनुसार असोज १२ गते शुक्रबार(भोली) इन्द्रजात्रा मेला महोत्सवको अवसरमा बागमती नगरपालिका अन्तर्गतका सबै कार्यालय,संघ÷संस्था तथा शैक्षिक संस्थाहरुमा एक दिन स्थानीय विदा दिने निर्णय भए अनुसार सूचना जारी गरिएको बागमती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पोखरेलले बताए ।बागमती नगरपालिका १० स्थित सोल्टी बजारमा ईन्द्रजात्रा मेला महोत्सव २०८० तथा मधेश प्रदेश स्तरिय फ्रि डान्स कम्पिटिसन प्रतियोगीता असोज १० गते बुधबारबाट सुरु भएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech