Close This

शुक्रबार पाँच सय सात जनाको आँखा परिक्षण,एक सय दुई जनामा मोतिविन्दुको समस्या

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-११-१९ गते   २३५ पटक हेरिएको

गणेश खड्का
 सर्लाहीको बरहथवा नगरपालिका १ स्थित निवर्तमान वडा रत्न बहादुर गिरीको घरमा भएको आँखा शिविरमा पाँच सय सात जनाले लाभ लिएका छन् । जसमा दुई सय ९१ जना महिला र दुई सय १६ जना पुरुषले आँखा परिक्षण गराएका बरहथवा नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । 


शुक्रबार आँखा जाँच गराएका मध्य एक सय दुई जनामा मोतीबिन्दुको समस्या भेटीएको हो । शुक्रबारको आँखा शिविरमा भेटिएका एक सय दुई जनामा मोतीबिन्दुको समस्या भएका बिरामीहरुको फागुन २७ गते देखि २९ गते सम्म तिलगंगा आँखा प्रतिष्ठानका वरिष्ठ नेत्ररोग विशेषज्ञबाट निःशुल्क सल्याक्रिया गरीने आयोजकले जनाएको छ ।
भने शनिबार बागमती नगरपालिका ३ स्थित रहेको जन कल्याण आधारभुत विद्यालय जिरायतमा आँखा परिक्षण गर्ने कार्यक्रम रहेको बागमती नगरपालिकाको शिक्षा शाखाका ओम बहादुर कार्कीले जानकारी दिए ।
फागुन २९ गते सम्म बागमती,हरिवन,हरिपुर र बरहथवा नगरपालिका तथा बसबरिया र रामनगर गाउँपालिकाका विभिन्न स्थानमा शिविर संचालन गरिने छ । निःशूल्क शिविरमा आँखा जाचँका क्रममा फेला परेका मोती बिन्दुका बिमारीको निःशुल्क सल्याक्रिया समेत गरिने आयोजक बागमती नगरपालिकाले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech