Close This

सरकारी सवारी साधनको व्यापक दुरुपयोग

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-३-१६ गते   ३३९ पटक हेरिएको

जिल्लामा सरकारी कार्यालयका सवारी साधनहरुको व्यापक दुरुपयोग भएको छ । जिल्लाका विभिन्न स्थानिय निकायहरुका प्रमुख तथा उप प्रमुखहरु र जनप्रतिनिधिहरु तथा कर्माचारीहरुले विभिन्न बाहनामा सरकारी सवारी साधनको दुरुपयोग गरेको पाईएको छ । 
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस विरुद्ध जारी लक डाउन र अनुगमन तथा व्यावस्थापनको नाममा सरकारी सवारी साधनको दुरुपयोग भएको हो ।कार्यालय सहयोगीले समेत कोरोना नियन्त्रण शाखा लगायतका स्टिकर टाँस गरि सरकारी सवारी साधनको दुरुपयोग गर्दा समेत नियमनकारी निकाय मौन बसेको छ ।
लक डाउनको समयमा अरु सवारी साधन चल्न नदिने र सवारी पास तथा सरकारी सरोकारवाला निकायका सवारी साधन बाहेक अरु सवारी साधन चल्न नपाएपछि व्यक्तिगत तथा पारिवारीक काममा समेत सरकारी सवारी साधनको दुरुपयोग हुने गरेको पाइएको छ । स्थानिय निकायका जनप्रतिनिधिहरुलाई स्थानिय निकायको आन्तरीक स्रोतबाट कार्यालयको कामकाजको लागि खरिद गरिएका सवारी साधनहरु अहिले निजी रुपमा प्रयोग हुने गरेको पाइएको हो । तरकारी किन्न बजार जाँदा तथा आफ्न्तहरुलाई लिन पुर्याउन जाँदा समेत सरकारी सवारी साधनको प्रयोग हुने गरेको पाइदा समेत नियमनकारी निकाय मौन  बसेको पाइएको छ ।
“सर्वसाधारणहरुका लागि अतिआवश्य काममा प्रयोग गर्न पास लिन खोज्दा समेत नपाउने तर सरकारी नम्बर प्लेट भएका सरकारी सवारी साधनहरु दुरुपयोग भइ रहेका”े अधिकारकर्मी श्याम सुन्दर यादवले बताउनु भयो । “विशेष गरी स्थानिय निकायका सरकारी सवारी साधनहरु श्रीमती तथा आफ्न्त ओर्सान, तरकारी किन्न जान र आफ्न्तसंग भेट गर्न जान प्रयोग भई रहेका छन ।”यादवले बताउनु भयो ।

यसरी सरकारी सवारी साधनको प्रयोग हुँदा समेत ट्राफिक प्रहरी मौन बसेको उनको आरोप छ । सरकारी सवारी साधनको प्रयोग सम्बन्धी आचार संहिताको जिल्लामा ठाडो उल्लंघन भएको नागरीक अगुवा कुशेश्वर यादवले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech