मधेश प्रदेशमा रहेका अधिकांश जिल्ला ट्राफिक प्रहरी कार्यालयहरु“जेन जी”पुस्ताको आन्दोलनका क्रममा तोडफोड भएपनि जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिवास,महोत्तरी सुरक्षित रहेको छ।आठ वटा जिल्ला ट्राफिक प्रहरी कार्यालय रहेको मधेश प्रदेशको अन्य जिल्ला ट्राफिक प्रहरी कार्यालयहरुका सवारी साधन समेत तोडफोड र आगजनी भएको भएपनि जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिवास,महोत्तरी सुरक्षित हुनुमा कार्यालय प्रमुख एवम प्रहरी निरीक्षक लक्ष्मिराज जोशीको संयमितता नै रहेको स्थानीय बताउँछन् ।
देशभरका धेरै प्रहरी कार्यालयमा तोडफोड तथा आगलागी भएको साथै प्रहरी कर्मचारीहरुको लक्ता कपडा सहित सवारीसाधन र फर्निचर समेत जलेपनि जिल्ला स्थित जिल्ला ट्राफिक कार्यालय बर्दिवास महोत्तरी भने सुरक्षित रहेपछि कमलामाई मिडिया प्रा.लिले स्थानीयसंग बुझ्दा उनीहरुले कार्यालय तथा सवारी साधन सुरक्षित हुनुमा कार्यालय प्रमुख एवम प्रहरी निरीक्षक जोशीको संयमितता नै रहेको बताए ।यसका साथै उक्त भवन व्यक्तिकाे घर भएकोले पनि सुरक्षित रहेकाे बुझियाे।
स्थानीयका अनुसार कार्यालयलाई जोगाउन कार्यालय प्रमुख एवम प्रहरी निरीक्षक जोशी र उनको टिमले सक्रियताका साथ महत्वपूण भूमिका खेलेका थिए।उनीहरूले स्थानीय समुदायसँग सधैं मैत्रीपूर्ण र विश्वासपूर्ण सम्बन्ध विकास गरेका कारण स्थानीयले पनि प्रहरीलाई साथ दिए र कार्यालय सुरक्षित बस्यो ।
मधेश प्रदेशका सबै जिल्ला ट्राफिक प्रहरी कार्यालयहरुको समीक्षामा पनि यो विषयले चर्चा पाएको थियो।यता,चुनौतीपूर्ण परिस्थितिमा सुरक्षा सुनिश्चित गर्ने एक मात्र उपाय भनेकै समुदाय र प्रहरी बीचको विश्वास र सहकार्य रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिवास, महोत्तरीका प्रमुख एवम प्रहरी निरीक्षक जोशीले बताए ।