नेपाल विद्युत प्राधिकरणको ३९ औँ वार्षिकोत्सव अवसरमा लालबन्दीमा रक्तदान

489 Shares

नेपाल विद्युत प्राधिकरणको ३९ औँ वार्षिकोत्सवमा विद्युत प्राधिकरण वितरण केन्द्र लालबन्दीले रक्तदान कार्यक्रम गरेको छ।साउन २४ गते नेपाल विद्युत प्राधिकरणको ३९ औँ वार्षिकोत्सवको अवसरमा लालबन्दीमा आयोजना गरिएको रक्तदान कार्यक्रममा २३ जनाले रक्तदान गरेका विद्युत प्राधिकरण वितरण केन्द्र लालबन्दीका प्रमुख त्रिभुवन कुमार यादवले जानकारी दिए ।
उनका अनुसार नेपाल विद्युत प्राधिकरणको ३९ औँ वार्षिकोत्सवको अवसरमा विद्युत प्राधिकरण वितरण केन्द्र लालबन्दीको परिसरमा आयोजना गरिएको रक्तादन कार्यक्रममा २३ जनाले रक्तदान गरेका हुन ।नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र लालबन्दीका प्रमुख यादवको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाइटी लालबन्दी उपशाखाका सभापति ध्रुवप्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा नेपाल विद्युत प्राधिकरणको ३९ औँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।

सम्बन्धित समाचार