Close This

जिल्ला विपद् व्यवस्थापन समितिले न्यानो कपडा वितरण

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-११-१४ गते   २२३६ पटक हेरिएको

सर्लाहीको मलंगवा नगरपालिका ३ का विपन्न र दलित परिवारलाई जिल्ला विपद् व्यवस्थापन समितिले न्यानो कपडा वितरण गरेको छ । मधेश प्रदेशमा जाडो सकिनै लाग्दा जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीले धमाधम न्यानो कपडा वितरण गरेको हो ।
जिल्ला सदरमुकाममा रहेको मलंगवा नगरपालिका–३ का विपन्न र दलित परिवारलाई मोटो ज्याकेट,पातलो ज्याकेट,सर्ट÷टिसर्ट,जुत्ता,र ट्रयाक लगायतका सामाग्री वितरण गरिएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिनु भयो । उहाँका अनुसार मोटो ज्याकेट १५ थान, पातलो ज्याकेट ७० थान, सर्ट÷टिसर्ट ५० थान, जुत्ता ६५ थान र ट्रयाक ५० थान वितरण गरिएको हो ।
नेपाल सरकार गृह मन्त्रालय, विपद् पूर्व तयारी तथा प्रतिकार्य शाखाको सहयोगमा दलित र विपन्नलाई न्यानो कपडा वितरण गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।जाडोको समयमा न्यानो कपडाको अभाव नहोस् भन्ने उदेश्यले न्यानो कपडा वितरण गरिएको बताइए पनि बेस्सरी जाडो हुँदा केही नपाएको र जाडो सकिने बेलामा न्यानो कपडा वितरण गरिएको भन्दै स्थानीय असन्तुष्ट भएका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech