Close This

छिमेक लघुवित्त शाखा लालबन्दीको १८ औँ वार्षिक भेला सम्पन्न 

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७६-१०-९ गते   ७०७ पटक हेरिएको

सर्लाहीको  लालबन्दीमा रहेको छिमेक लघुवित्त वितीय संस्था लिमिटेडले आफ्नो वार्षिक भेला सम्पन्न गरेको छ ।


विपन्नता देखि सम्पन्नता सम्म छिमेक लघुवित्त भन्ने मुल अभियानका साथ २०५७ सालमा लालबन्दीमा स्थापना भएको शाखा कार्यलयले आफ्नो १८ औँ वार्षिक भेला सम्पन्न गरेको हो ।  देशभर १ सय ३६ शाखा रहेको लघुवित्तमा ३ लाख ७० हजार ७ सय ५९ जना सदस्यहरु रहेका संस्थाले जनाएको छ ।  भने प्रदेश नम्बर २ मा मात्र ३० वटा शाखाहरुमा १ लाख ३ हजार ५४ जना सदस्य रहेका छन । त्यसैगरी ४ अर्व ३८ करोड बचत रहेको छ भने ७ अर्व ऋण रहेको प्रदेश नम्बर २ का शाखा प्रवन्धक लालबाबु यादवले बताउनु भयो । त्यसमा सर्लाही जिल्लामा मात्र लालबन्दी,हरिवन र हरिपुरमा गरि १ सय ५६ ईकाइ,३ हजार १ सय ८७ जना सदस्य र २ हजार ५ सय जना ऋणी रहेका छन । ६२ करोड ८ठ लाख ५४ हजार ६ सय बचत रहेको संस्थामा ऋण लगानी १ अर्व ६३ करोड ८७ लाख ९१ हजार ९ सय ६० रुपैँया रहेको लालबन्दी शाखाका प्रवन्धक विकाशमान श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार संस्थाले २०७५ साल पौष देखि हाल सम्म रु २२ लाख ६४ हजार १ सय ६२ रुपैँया नाफा गरेको छ । 


लघु बिमा,स्वास्थ्य बिमा,पुर्ण क्षेती वितिय कोष,सिपमुलक, आयमुलक,क्षमता अभिबृद्धि तथा व्यावसायीक जस्ता विभिन्न तालीमको समेत व्यावस्था गरि रहेको संस्थाले छात्रवृती,भलाई कोष लगायतका सामाजिक कार्यमा संस्था निरन्तर लागि रहेको लालबन्दी शाखाका प्रवन्धक श्रेष्ठले बताउनु भयो ।
त्यसैगरी कार्यक्रममा प्रमुख अतिथी तथा संस्थाका केन्द्रीय प्रशासन शाखाका नर्वाेतम भुर्तेलले महिला तथा गृहिणीहरुको अर्थाेपार्जनका लागि छिमेक लघुवित्त सहयात्री बनेको बताउनु भयो । उहाँले छिमेक लघुवित्तबाट लघु बिमा,स्वास्थ्य बिमा,पुर्ण क्षेती वितिय कोष,सिपमुलक, आयमुलक,क्षमता अभिबृद्धि तथा व्यावसायीक जस्ता विभिन्न तालीम लिएर तथा ऋण लिएर सफल ऋणी बन्दै आफ्नो अर्थाेपार्जन गरेर समाजमा छुट्टै पहिचान बनाउन पनि आग्रह गर्नु भएको छ । लालबन्दी शाखाका प्रवन्धक श्रेष्ठको अध्यक्षतामा लालबनदी नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा संस्थाका अनुगम समितिका प्रतिनिधिहरु,प्रशासन शाखाका प्रतिनिधिहरुका साथै सदस्यहरु,सदस्यका अभिभवकहरुको सहभागीता रहेको थियो । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech