उप निर्वाचनको मत परिणाम आउँदै गर्दा निराश कांग्रेस,एमाले उत्साहित माओवादी केन्द्र

281 Shares

स्थानीय तहको उपनिर्वाचनको मतपरिणाम सार्वजनिक हुँदै गर्दा नेकपा(माओवादी केन्द्र) उत्साहित भएको छ भने नेपाली कांग्रेस,नेकपा(एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) निराश देखिएका छन् ।विभिन्न २० जिल्लामा ४१ पलका लागि भएको उप निर्वाचनको ३६ स्थानको मत परिणाम सार्वजनिक हुँदा नेपाली कांग्रेस १८ वडा,नेकपा(माओवादी केन्द्र) सात वडा र नेकपा(एमाले)ले छ वडा अध्यक्ष जितेको छ।माओवादी केन्द्रले एक गाउँपालिका अध्यक्ष र दुई गाउँपालिका उपा अध्यक्ष जित्दा एमालेले एउटा गाउँपालिका अध्यक्ष र एउटा गाउँपालिकाको उपा अध्यक्ष मात्रै जितेको छ भने ४१ स्थानमा उम्मेवारी दिएको कांग्रेसले अध्यक्ष÷उपाध्यक्ष÷नगर प्रमुख र उप प्रमुखमा यो समाचार तयार पर्दा सम्म जित निकाल्न सकेको छैन । 
माओवादी केन्द्रले एक अध्यक्ष,एक उपाअध्यक्ष र एक उप प्रमुख सहित सात वटा वडा जितेको छ।४० स्थानमा उम्मेदवारी दिएको माओवादी केन्द्रले भने अपेक्षित नतिजा हात पारेको जनाएको छ ।यस्तै एमालेले एक अध्यक्ष,एक उपाध्यक्षसहित छ वटा वडा जितेको छ।३९ स्थानमा उम्मेदवारी दिएको एमालेले अपेक्षित नतिजा ल्याउन सकेन।२७ स्थानमा उम्मेदवारी दिएको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)त झन् एउटा वडामा सीमित भएको छ।मतगणना स्थगित गरिएको उदयपुरको वेलका नगरपालिका ९ मा पनि माओवादी केन्द्र नै अगाडि रहेको पाइएको छ।कीर्तिपुर नगरपालिकामा कांग्रेस अगाडि देखिएको छ भने दोलखाको गौरिशंकर गाउँपालिकामा एमाले अगाडि देखिएको छ।अहिलेको सबै भन्दा ठुलो पार्टी र मिसन ८४ को ढोल पिटेको कांग्रेस र एमाले र रास्वपा अहिले अगाडि भएको स्थानमा निर्वाचित भएपनि कुल स्कोरको आधारमा माओवादी केन्द्र भन्दा पछाडि नै हुने जानकारहरु बताउँछन् ।

सम्बन्धित समाचार