जसपा नेपाल मधेश प्रदेशका अध्यक्ष एवम निवर्तमान प्रदेश सभा सदस्य यादव डेढलाख बढी धरौटीमा तारेखमा छुटे

281 Shares

जनता समाजवादी पार्टी (जसपा)नेपाल मधेश प्रदेशका अध्यक्ष एवम निवर्तमान प्रदेश सभा सदस्य अशोक कुमार यादव विभिन्न तीन वटा मुद्धामा रु एक लाख ६० हजार धरौटीमा तारेखमा छुटेका छन्।पुर्वाधार विकास कार्यालय सर्लाहीको विषयमा असार १९ गते जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्का विच फोन सम्वादमा विवाद उत्पन्न भएको थियो ।
सोही विषयलाई लिएर जिल्ला प्रहरी कार्यालय सर्लाहीले मुद्धा प्रक्रिया अपनाएको थियो । त्यसपछि भदौ २५ गते जसपा नेपाल मधेश प्रदेशका अध्यक्ष एवम निवर्तमान प्रदेश सभा सदस्य यादवलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीले पक्राउ गरेको थियो । प्रहरीको हिरासतमा रहेका जसपा नेपाल मधेश प्रदेशका अध्यक्ष एवम निवर्तमान प्रदेश सभा सदस्य यादवलाई मातृशोक परेपछि असोज ३ गते आमाको काजकिरिया गर्न भनी उनलाई प्रहरीले छाडेको थियो ।
आमाको काजकिरिया सकेर बिहीबार आफै सर्लाही जिल्ला अदालत मलंगवामा उपस्थित भएका जसपा नेपाल मधेश प्रदेशका अध्यक्ष एवम निवर्तमान प्रदेश सभा सदस्य यादवलाई न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले राजद्रोको मुद्दामा रु एक लाख, सार्वजनिक सेवा अवरोध गरेको र आपराधिक उपद्रव मुद्दामा रु ३०÷३० गरी रु एक लाख ६० हजार धरौटीमा तारेखमा छुटेका सर्लाही जिल्ला अदालतले जनाएको छ ।
यता,अन्याय,अत्याचार र भ्रष्टाचारको विरोधमा बोल्दा उल्टै आफूविरुद्ध राज्यले अनेक लाञ्छना लगाएर मुद्दा दायर गरे पनि अदालतले न्याय दिएको जसपा नेपाल मधेश प्रदेशका अध्यक्ष एवम निवर्तमान प्रदेश सभा सदस्य यादवले बताए ।त्यसैगरी, जसपा नेपाल मधेश प्रदेशका अध्यक्ष एवम निवर्तमान प्रदेश सभा सदस्य यादव धरौटीमा तारेखमा छुटेपछि निकालीएको खुसीयाली र्यालीमा प्रदेश सभा सदस्य संजय कुमार यादव र जसपा नेपाल मधेश प्रदेशका अध्यक्ष एवम निवर्तमान प्रदेश सभा सदस्य यादव विच तनाव समेत सृजना भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार