मधेश प्रदेशमा आठ जिल्ला र एक सय ३६ स्थानीय तहहरू छन्।देश संघीय संरचनामा गएपछि निर्माण भएका स्थानीय तहहरु विकास,सेवा प्रवाह र प्रशासनीक कार्यान्वयनका लागि अग्रणी भूमिकामा हुनु पर्नेमा राजनीतिक तथा प्रशासनीक कारण स्थानीय तहहरुबाट प्रवाह हुने सेवा तथा विकास निर्माणका कामहरु सन्तोषजनक छैनन् ।लामो समय कर्मचारीहरुले चलाएको देशका सबै संयन्त्रहरु जनप्रतिनिधिहरु निर्वाचित भएर आएपछि फरक तरिकाबाट सञ्चालन हनुुपर्नेर कर्मचारीहरुमा पनि काम गर्नेतरिका बदलिनुपर्नेमा जनप्रतिनिधिहरु र कर्मचारीहरु दुवै आगै आगो भए पछि तालमेल नमिल्दा विकास निर्माणका साथै प्रशासनीक सुधार हुन सकेको छैन् ।
जनप्रतिनिधिहरुले निर्वाचनको समयमा जहाँ पुग्यो त्यहाँ जे मन लाग्छ त्यही बोल्ने र पछि पुरा गराउने विषयमा कानूनी बाधा अडचनहरुको ख्यान नगर्ने गरेका कारण कर्मचारीहरुलाई दवाव दिँदा मधेशका अधिकांश स्थानीय तहहरूमा कर्मचारी स्थायित्वको समस्या गम्भीर रूपमा देखिएको छ।कर्मचारीहरू लामो समय सम्म एउटै स्थानमा काम गर्न नमान्ने,काम गर्ने वातावरणमा असन्तोष हुने र तल्लो तहदेखि माथिल्लो तहसम्म दरबन्दी व्यवस्थापनमा समस्या देखिनुले स्थानीय शासनलाई असर प¥ुयाएको छ।
त्यसको अलावा मधशे प्रदेशका धेरैै स्थानीय तहहरूमा राजनीतिक हस्तक्षेप,कर्मचारीहरूको नियुक्ति,सरुवा र पदस्थापनामा राजनीतिक दलका नेताहरूको प्रभाव बढीका साथै सीमावर्ती क्षेत्रका कतिपय स्थानीय तहहरूमा कर्मचारीहरूले सामाजिक दबाब महससु गर्नु,अपराध दर उच्च भएका क्षेत्रहरूमा काम गर्दा सुरक्षाको ग्यारेन्टी नहुनु,स्थानीय विवाद र सामुदायिक दबाबका कारण कर्मचारीहरू असन्तुष्ट हुने गरेका जानकारहरु बताउँछन् ।
उनीहरुका अनुसार धेरै स्थानीय तहहरूमा कार्यालय भवनहरूको अवस्था दयनीय हुनु,आधारभूत सुविधाको अभावमा कर्मचारीहरू लामो समयसम्म बस्न असजिलो महसुस गर्नु,केही ग्रामीण र दुर्गमका स्थानीय तहहरूमा विकासका सम्भावना कम देखिनु र सेवाका लागि न्यून स्रोतसाधन उपलब्ध हुनु कर्मचारीहरू नबस्ने अर्को प्रमुख कारण हो।कर्मचारीहरूले त्यस्ता स्थानहरूलाई आफ्नो करियर विकासका लागि असक्षम ठान्ने गर्छन्।स्थानीय तहहरूमा बजटेको अभाव र समयमै तलब भुक्तानी नहुनु कर्मचारी नटिक्नुको अर्को प्रमुख कारण हो।जसका कारण कर्मचारीहरूको मनोबलमा नकारात्मक प्रभाव पर्ने,विभिन्न भाषिक र सांस्कृतिक भिन्नताका कारण पनि कर्मचारीहरु नटिक्ने गरेका छन् ।
कर्मचारीहरु नटिक्दा स्थानीय तहहरूले प्रदान गर्ने शिक्षा,स्वास्थ्य,कृषि र सामाजिक सेवा प्रभावकारी रूपमा सञ्चालन हुन नसक्नु,कर्मचारी अभावका कारण विकास योजनाहरू समयमै सम्पन्न हुन नसक्नु,कर्मचारीहरू बारम्बार परिवर्तन हुँदा सेवाग्राहीहरूले एकीकृत सेवा प्राप्त गर्न नसक्नुका साथै जनतामा स्थानीय सरकारप्रति अविश्वास र असन्तुष्टि बढाएको छ।कर्मचारीहरुको स्थायीत्वको अभावले कार्यालयमा कार्यसम्पादन क्षमतामा ह्रास आउनुका साथै काममा निरन्तरता नहुँदा धेरै निर्णयहरू अधुरो रहने र नीतिगत समस्याहरू सिर्जना हनुे गरेका छन।्
स्थानीय तहमा कर्मचारी स्थायित्व सुनिश्चित गर्न अवलम्बन गर्नु पर्ने स्थानीय तहको प्रशासनीक काममा राजनीतिक हस्तक्षेपलाई न्यून गराउन कानुनी प्रबन्धको कार्यान्वयन गर्नुका साथै कर्मचारीहरूलाई स्वतन्त्र र निष्पक्ष वातावरणमा काम गर्न दिनुपर्छ। स्थानीय तहका कर्मचारीहरूको सुरक्षाका लागि प्रहरी प्रशासनको प्रभावकारी संयोजन गर्ने र सीमावर्ती क्षेत्रका स्थानीय तहहरूमा विशेष सुरक्षा योजना कार्यान्वयन गर्नु पर्ने र कर्मचारीलाई कार्यस्थलमा बसोबास,यातायात र कार्यालयको आधारभूत सुविधा प्रदान गर्न सरकारले ध्यान दिन आवश्यक रहेको जानकारहरु बताउँछन्।उनीहरुका अनुसार दुर्गम क्षेत्रमा काम गर्ने कर्मचारीहरूका लागि अतिरिक्त भत्ता र प्रोत्साहन प्रदान गर्नुपर्ने,स्थानीय तहहरुमा कर्मचारी स्थायित्वका लागि स्थानीय जनताको सहयोग महत्वपूर्ण हुने साथै जनतासँग सवांद र सहकार्य गरी समस्या समाधान गर्नु पर्ने र स्थानीय तहमा कर्मचारीहरूलाई आवश्यक तालिम प्रदान गरी उनीहरूको क्षमता विकास गर्नुपर्छ।
मधेश प्रदेशका स्थानीय तहहरूमा कर्मचारी नटिक्नु विकास,सेवा प्रवाह र प्रशासनिक स्थायित्वका लागि गम्भीर चुनौती बनेको छ।यस समस्याको समाधानका लागि सरकार,स्थानीय प्रशासन,स्थानीय राजनीतिक दलहरु तथा जनप्रतिनिधिहरु विच समन्वय र जनताबीच सामूहिक प्रयास आवश्यक छ।कर्मचारीहरूको स्थायित्वले मात्रै स्थानीय सरकारको प्रभावकारिता बढ्ने र जनताको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउन सम्भव छ।