हरिवन ४ स्थित रहेको धुम्बे खोलामा पक्की पुलको शिलान्यास

180 Shares

सर्लाहीको हरिवन नगरपालिका ४ पटौनास्थित धुम्बे खोलामा पक्की पुलको शिलान्यास गरिएको छ ।हरिवन नगरपालिका ४ स्थित रहेको गणेश स्थान मन्दिर जाने बाटोमा पर्ने धुम्बे खोलामा हरिवन नगरपालिकाको एक करोड २२ लाख ९० हजार ५५ रुपैयाँ ७२ पैसा खर्चिएर पक्की पुल निर्माण गर्न सोमबार नगर प्रमुख रमेश बुढाथोकी(कमल)ले पुलको शिलान्यास गरेका हरिवन नगरपालिकाका इन्जिनियर जक्क्ी अहमदु सिद्धिकीले जानकारी दिए ।उनका अनुसार आगामी असार मसान्तभित्र पुल निर्माण सक्ने गरी साई सारा कन्ट्रक्सन प्रा.लि.बागमती गाउँपालिका ५ मकवानपुरले पुल निर्माणको ठेक्का सकार गरेको हो । पुल निर्माणका लागि गएको बैशाख १० गते नै ठेक्का लागेको थियो ।
पुल शिलान्यास कार्यक्रममा हरिवन नगरपालिका ४ का वडाध्यक्ष केशवराज थापा,हरिवन नगरपालिका ३ का वडाध्यक्ष दिपमान लोप्चन,हरिवन नगरपालिका ७ का वडाध्यक्ष निरध्वज कार्की,हरिवन नगरपालिका १० का वडाध्यक्ष शम्भुप्रसाद मैनाली र हरिवन नगरपालिका ११ का वडाध्यक्ष शेष महबुब रेजा सहित गणेश स्थान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष केदार बस्नेत लगायतको विशेष उपस्थिति रहेको थियो । धुम्बे खोलामा पुल निर्माण भएपछि गणेश स्थान मन्दिरलाई थप धार्मिक तथा पर्टकीय स्थलको विकास गर्न र स्थानीयलाई आउजाउ गर्न सहज हुने गणेश स्थान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बस्नेतले बताए ।

सम्बन्धित समाचार