करिब सवा २ लाख बराबरका विभिन्न सामानहरु सशस्त्र प्रहरीको नियन्त्रणमा

188 Shares

सर्लाहीको मलंगवा नगरपालिका–१० बाट सशस्त्र प्रहरी र भन्सारको टोलीले भन्सार छलीको ईलेक्ट्रोनिक सामान,गाडीका पार्टसहरु र सुर्तिजन्य पदार्थ बरामद् गरेको छ।सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म मलगंवाबाट सशस्त्र प्रहरी नायव उपरीक्षक बिष्णु अधिकारीको कमाण्डमा खटीएको सशस्त्र प्रहरीको टोली सहित सर्लाही भन्सार कार्यालय मलंगवाबाट ना.सु. शशि बि.क.को कमाण्डमा खटिएको संयुक्त टोलीले मलंगवा नगरपालिका–१० का पप्पु रायको घरमा लुकाई छिपाई राखेको अवस्थामा रु एक लाख आठ सय सात बराबरको भन्सार छलीको ईलेक्ट्रोनिक सामान,गाडीका पार्टसहरु र सुर्तिजन्य पदार्थ बरामद् गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीले जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीका अनुसार रायको घरमा लुकाई छिपाई भन्सार छलीको सामान राखेको विशेष सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरी र भन्सारको टोलीले रायको घरमा कोठा भाडामा बस्ने अबैध सामान राखेको बिशेष सुचनाको आधारमा छापामार्दा उत्त सामान बरामद् गरेको हो।बरामद् गरिएको सामान आवश्यक कार्बाहीका लागि सर्लाही भन्सार कार्यालय मलंगवा बुझाईएको छ ।
त्यसैगरी,सर्लाही मलगंवा नगरपालिका–१० गमहरिया स्थित नवलपुर–मलंगवा सडक खण्डबाट अन्दाजी रु एक लाख २० हजार बराबरको चार सय ८० लिटर घरेलु मद्यिरा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म मलगंवाबाट सशस्त्र प्रहरी नायव उपरीक्षक अधिकारीको कमाण्डमा खटीएको सशस्त्र प्रहरी टोलीले बरामद् गरेको छ ।
 नवलपुरबाट मलगंवा तर्फ जाँदै गरेको यात्रुबाहक म्याजिकलाई शंका लागी चेकजाँच गर्दा अन्दाजी मुल्य रु.एक लाख २० हजार बराबरको चार सय ८० लिटर घरेलु मद्यिरा बरामद भएको र बरामद् भएको मद्यिरा गुल्ममा पुर्याई नष्ट गरिएको सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म मलगंवाबाट सशस्त्र प्रहरी नायव उपरीक्षक अधिकारीले जानकारी दिए ।पछिल्लो समय सर्लाहीका सीमानाकाहरुमा सशस्त्र प्रहरीले सक्रियता बढाएपछि सीमा क्षेत्रबाट हुने भन्सार छली तथा गैर कानूनी क्रियाकलापहरु न्यूनिकरण तर्फ उन्मुख हुन थालेका स्थानीय जानकारहरु बताउँछन् ।

सम्बन्धित समाचार