Close This

नेकपा(एस) लालबन्दी ७ मा पौडेलको अध्यक्षतामा ३५ सदस्यीय वडा कमिटि गठन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-८-१० गते   १४३७ पटक हेरिएको

नेकपा(एकिकृत समाजवादी) सर्लाहीले लालबन्दी नगरपालिका ७ को वडा भेला सम्पनन गरेको छ । आज(शुक्रबार) लालबन्दी नगरपालिका ७ को वडा भेला सम्पन्न भएको नेकपा(एकिकृत समाजवादी) सर्लाहीका सचिव गोविन्द अधिकारीले जानकारी दिनु भयो ।
नेकपा(एकिकृत समाजवादी) लालबन्दी नगर कमिटिको आयोजनामा तथा नगर कमिटि अध्यक्ष राजन काफ्लेको अध्यक्षतामा भएको वडाभेलाको प्रदेश सभा सदस्य बेचि लुङ्गेलीको प्रमुख आतिथ्यता रहेको थियो ।
भेलामा जिल्ला अध्यक्ष सुरेन्द्र लामा,जिल्ला सचिव गोबिन्द अधिकारी,  जिल्ला सह – सचिव उद्धब पाठक ,लालबन्दी नगर सचिव राजन तामाङ्ग, युवा संघ सर्लाही जिल्ला अध्यक्ष जय गोले लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
वडा भेलाले  सरोज पौडेलको अध्यक्षतामा ३५  सदस्य वडा कमिटि गठन गरेको नेकपा(एकिकृत समाजवादी) लालबन्दी नगर कमिटिले जानकारी दिएको छ । वडा कमिटिको उपा अध्यक्षमा सुमन वि.क. र दिपा अधिकारी,सचिवमा कपिशा लो,उप सचिवमा नविन थापा सहित ३५ सदस्यीय वडा किमिट गठन गरेको नेकपा(एकिकृत समाजवादी)ले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech