अर्थ र पर्यटन मन्त्री विरुद्ध छानविन समितिको प्रतिवेदन पारित,माओवादी केन्द्र र जसपाको विमती,कांग्रेस विभाजन

873 Shares

मधेश प्रदेश सरकारका निवर्तमान अर्थ मन्त्री र पर्यटन मन्त्रीलाई दोषी ठहर गर्दै विशेष संसदीय छानविन समिति २०८० ले पेश गरेको प्रतिवेदन मधेश प्रदेश सभाबाट पारित भएको छ ।मधेस प्रदेश सरकारका अर्थ मन्त्री र पर्यटन मन्त्रालयले कार्यविधि विपरीत रकमान्तर गरेको निष्कर्षसहित निर्णयार्थ पेस भएको छानबिन प्रतिवेदन प्रदेश सभाले पारित गरेको समितिका संयोजक उप्रेन्द्र महतोले जानकारी दिए ।
उनका अनुसार प्रदेश सभाको बुधबार बसेको बैठकले विशेष संसदीय छानबिन समिति २०८० ले प्रदेश सभाका सभामुख रामचन्द्र मण्डल समक्ष पेस गरेको २२ पृष्ठ लामो प्रतिवेदन पारित गरेको हो।पारित प्रतिवेदन सरकारलाई औपचारिक रूपमा बुझाइने र त्यस पछिको प्रक्रिया सरकारको जिम्मामा जाने प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले बताए ।
“प्रदेश सरकारले अर्थ र पर्यटन मन्त्रालयले आर्थिक वर्ष २०७९/०८० मा गरेको अनियमितता बारे छानबिन गर्न विशेष संसदीय छानबिन समिति २०८० गठन गरेकोे थियो।यी मन्त्रालयले विशेष अनुदान र सशर्त अनुदानमा नियमविपरीत रकमान्तर गरेको गुनासो आएपछि सरकारले एक वर्ष अगाडि सर्लाही क्षेत्र नम्बर १ प्रदेश सभा (क)का प्रदेश सभा सदस्य एवम जनता समाजवादी पार्टी(जसपा)नेपालका नेता महतोको संयोजकत्वमा ११ सदस्यीय विशेष छानबिन समिति २०८० गठन गरेको थियो ।”
“प्रतिवेदनमा अर्थ मन्त्रालयले विभिन्न मन्त्रालयमा विशेष अनुदान र सशर्त अनुदानमा कार्यविधि विपरीत योजना वितरण गरेको,प्रदेश सशर्त अनुदान सम्बन्धी कार्यविधि २०७८ को दफा ४ को उपदफा २ मा उपमहानगर तथा महानगरपालिकालाई रु ५० लाख भन्दा कमको योजना तथा कार्यक्रम नदिने नियम भएपनि अर्थ मन्त्रालयले नीति विपरीत उपमहानगरपालिका तथा महानगरपालिकालाई सशर्त अनुदान पठाएको छ।”प्रतिवेदनमा उल्लेख गरिएको छ ।
“यो नियमविपरीत अर्थ मन्त्रालयले वीरगञ्ज महानगरपालिका–१५,जगरनाथ सोनारको घरदेखि अबुलैसको घरसम्म तथा छेउछाउको अधुरो सडक तथा नाला निर्माणका लागि रु २५ लाख,जनकपुर उपमहानगरपालिका ४ मा पनि रामकृपाल मुखियाको घरदेखि सदानन्द झा तथा लालबाबु साहको घरदेखि मुल बाटोसम्म पीसीसी ढलानका लागि २५ लाख,उपमहानगर जीतपुरसिमरामा पनि अधुरो सामुदायिक भवन निर्माणका लागि २५ लाख रकमको योजना बाँडिएको छ ।”
“अर्थ मन्त्रालयले आफैँले बनाएको कार्यविधि विपरीत वीरगञ्ज महानगरलाई रु २५/२५ लाखका ११ वटा योजना,जनकपुर उपमहानगरपालिकालाई रु २५/२५ लाखका दुई वटा योजना,कलैया उपमहानगरपालिकालाई रु २५/२५ लाखका दुई वटा योजना र जीतपुरसिमरा उपमहानगरपालिकालाई रु २५ लाखको एउटा योजना दिएको पाइएको छ ।”समितिको प्रतिवेदनमा भनिएको छ ।
“कुल लागत रु २५ लाखभन्दा कमको योजना तथा कार्यक्रमका लागि विशेष अनुदान प्रदान नगरिने विशेष अनुदान कार्यविधि २०७८ को दफा ४ को उपदफा (२) मा उल्लेख छ तर कार्यविधि उल्लंघन गरी वीरगञ्ज महानगरलाई रु १०/१० लाखका दुई वटा र रु २० लाख,रु १७ लाख तथा रु १३ लाखका एउटा/एउटा योजना दिइएको”प्रतिवेदनमा भनिएको छ ।
त्यसैगरी सिरहाको कर्जन्हा नगरपालिकालाई रु १०/१० लाखका दुई वटा र रु पाँच लाखको एउटा,सप्तरीको राजविराज नगरपालिकालाई रु पाँच/पाँच लाखका दुई वटा र बाराको सुवर्ण गाउँपालिकालाई रु १८ लाखको एउटा योजना अर्थ मन्त्रालयले बाँडेको प्रतिवेदनमा उल्लेख छ ।
आर्थिक वर्षको अन्त्यमा विभिन्न मन्त्रालयबाट रकमान्तरका लागि लेखिएको पत्र अनुसार रकमान्तर गरिएको प्रतिवेदनमार्फत सार्वजनिक गरिएको छ।मन्त्रालयहरूको सुरुको बजेट विनियोजनमा रकम थपघट गरिएको प्रतिवेदनमा उल्लेख छ।विविध शीर्षकमा छुट्ट्याइएको रकम पनि आकस्मिक खर्चका लागि रकमान्तर गरेको पाइएको समितिको प्रतिवेदन २०८० मा उल्लेख गरिएको छ ।तत्कालीन अर्थमन्त्री संजयकुमार यादवले अर्थमन्त्री पदको दुरुपयोग गरी आफूखुसी योजना बेचेको आरोप लागेपछि मधेश प्रदेश सरकारले विशेष संसदीय छानबिन समिति २०८० गठन गरेको थियो ।
त्यसैगरी प्रतिवेदनमा खासगरी अर्थ र पर्यटन मन्त्रालयले बजेटमा चरम अनियमितता गरेको निष्कर्ष निकालिएको छ।तत्कालीन उद्योग,पर्यटन तथा वन मन्त्री सुनिता यादवका स्वकीय सचिवको लेटर प्याडमा लेखिएको आधारमा रु ४२ करोडभन्दा बढी बजेट रकमान्तर गरिएको समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरिएको छ ।
“स्वकीय सचिवको सोही लेटर प्याडको आधारमा टिप्पणी उठाइएको छ,त्यसपछि रु ४२ करोड ६० लाख १० हजार रकमान्तर गरिएको छ।त्यो रकम खासगरी मठ,मन्दिर,सामुदायिक भवन,प्रवेशद्वार र कमाउण्ड वाल निर्माणमा खर्च भएको र यो रकम भू तथा जलाधार व्यवस्थापन कार्यालय सिरहा र रौतहट पठाइएको छ ।”विशेष छानबिन समिति २०८० को प्रतिवेदनमा उल्लेख गरिएको छ ।
आरोपित मन्त्री सन्जय र सुनिता के भन्छन् ?
कहीँ पनि नियम विपरीत बजेट नचलाएको र छानबिन समितिले सदनमा पेस गरेको प्रतिवेदन कपोकल्पित रहेको तत्कालीन अर्थमन्त्री यादवले बताए।“त्यो प्रतिवेदन समितिको सभापतिको व्यक्तिगत कुण्ठामात्र हो,उहाँ मेरो प्रतिद्वन्द्वी हो।त्यही भएर मलाई बदनाम गर्न यस्तो षड्यन्त्र गर्नु भएको हो।”तत्कालीन अर्थमन्त्री यादवले बताए ।
सर्लाही क्षेत्र नम्बर ३ प्रदेश सभा (ख) बाट उनी जनता समाजवादी पार्टी(जसपा)बाटै निर्वाचित भएका हुन ।त्यसैगरी तत्कालीन पर्यटन मन्त्री सुनिता यादवले पनि छानबिन समितिको प्रतिवेदन भ्रामक र समितिका सभापतिको इच्छाअनुसारको प्रतिवेदन भएको आरोप लगाईन् ।“मेरो कार्यकालमा कहीँ पनि चुक्ने काम गरेकी छैन,न त मेरो स्वकीय सचिवले नै गरेका छन्।यदि कसैले प्रमाणसहित देखाइदियो भने म कारबाही भोग्न तयार छु।”तत्कालीन पर्यटन मन्त्री यादवले बताईन्।धनुषाकी उनी नेकपा(माओवादी केन्द्र)बाट सामानुपातिक तर्फकी प्रदेश सभा सदस्य हुन् । 
यता,विशेष संसदीय छानविन समिति २०८० ले पेश गरेको प्रतिवेदन निर्णयार्थ पारित गर्ने क्रममा नेपाली कांग्रेसका प्रदेश सभा सदस्यहरु नै दुई भागमा विभाजन भएका छन्।करिब एक  वर्षमा समितिले सम्पुर्ण छानविनको प्रक्रिया पुरा गरी तत्कालीन अर्थ मन्त्री सन्जय र पर्यटन मन्त्री सुनिताले गैर कानुनी रुपमा शसर्त अनुदान र योजना रकमान्तर गरेको ठहर गरी प्रदेश सभामा समितिको प्रतिवेदन साउन २१ गते बुझाइ साउन २३ गते छलफल सकिए पछी प्रतिवेदन निर्णयार्थ पेश हुँदा सत्ता गठवन्धन मध्येको नेपाली कांग्रेसका १८ जना प्रदेश सभा सदस्यहरु मध्य आठ जना प्रदेश सभा सदस्यहरु बैठक हलबाट बाहिरिएका नेपाली कांग्रेसका एक प्रदेश सभा सदस्यले जानकारी दिए ।
उनका अनुसार नेपाली कांग्रेको संसदीय दलको नेता वाहिर रहेको र फोन मार्फत आफ्ना सांसदहरुलाई प्रतिवेदन पास नगर्न र तटस्त बस्न निर्देशन दिँदा कांग्रेस संसदिल दलका उपनेता एवम निवर्तमान स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्र प्रसाद सिंह सहित अधिकांश प्रदेश सभा सदस्यहरु प्रतिवेदन पास गर्ने पक्षमा उभिएका समेत बताए ।
नेपाली कांग्रेका नेता कृष्ण यादवले आफ्ना प्रदेश सभा सदस्यहरुलाई फोन गरेर बैठक हल वाहिर निस्किन दवाव दिदा उपस्थित कांग्रेसका १८ जना प्रदेश सभा सदस्यहरु मध्ये आठ जना सदस्यहरु दवावमा परेर बैठक हलवाट वाहिर निस्की निर्णयमा भाग नलिएका कांग्रेसका एक जना प्रदेश सभा सदस्यले बताए।तथापी पनि कांग्रेसका उपनेता सिंह सहित १० जना कांग्रेसका प्रदेश सभा सदस्यहरुले प्रतिवेदनको पक्षमा समर्थन जनाएका थिए भने नेपाली कांग्रेस मधेश प्रदेशका सचेतक प्रदेश सभा सदस्य कुमार कान्त झाले सचेतक पदबाट राजीनामा समेत दिएका छन् ।
सचेतकबाट राजिनामा दिएका झा के भन्छन् ?
यता,तत्कालीन अर्थ मन्त्री यादवले आफुले नियमानुसार काम गरेको दाबी गरेका र प्रतिवेदनमा नियम विपरित भएको साथै प्रतिवेदन जसरी आउनु पर्ने हो त्यसरी नआएको तथापी पनि आफ्नो प्रतिवेदन माथि विमती नरहेको सचेतक कुमार कान्त झाले बताए।उनले “आफुहरु छलफलमा १८ जना बसेको र सचेतकबाट राजिनामा दिनु आफ्नो व्यक्तिगत कारण रहेको” बताए।उनले केही प्रदेश सभा सदस्यहरु काम विशेषले बाहिरि निस्केका र कृष्ण यादवले दवाव नदिएका बताए।विशेष संसदीय छानविन समिति २०८० ले पेश गरेको प्रतिवेदन माथि आफ्नो कुनै विमती नरहेको उनले दोहोर्याए ।
प्रतिवेदन माथि छलफल हुँदा बाहिरिन दवाव दिने यादव के भन्छन् ?
विशेष संसदीय छानविन समिति २०८० ले पेश गरेको प्रतिवेदन निर्णयार्थ पेश गरी पारित भयो ?सोही विषयलाई लिएर नेपाली कांग्रेस दुई भागमा विभाजन भएको देखिन्छ,वास्तविकता के हो ?भन्ने हाम्रो प्रश्नमा कृष्ण यादवले कांग्रेस विभाजन नभएको र प्रतिवेदन निर्णयार्थ प्रस्तुत पहिलो अभ्यास भएको र समितिले प्रतिवेदन बनाएर सदनमा पेश गरेको साथै छलफल भएको बताउँदै निर्णयार्थ प्रस्तुत गर्ने कुरा कुनै ऐन तथा नीयमावलीमा नरहेका कारण केही प्रदेश सभा सदस्यहरुको विमती रहेको उनको भनाई छ ।
तपाईले आफ्नो निकटका कांग्रेसका प्रदेश सभा सदस्यहरुलाई दवाव दिएपछि कांग्रेसका १८ जना प्रदेश सभा सदस्यहरु मध्य आठ जना बैठक हलबाट बाहिरिए भन्ने छ नी त्यो चाँही के हो ?भन्ने हाम्रो प्रश्नमा यादवले विशेष संसदीय छानविन समिति २०८० कुनै पार्टीको समिति होईन्,सांसद आफैँ सार्वभौम र स्वतन्त्र रहेको बताउँदै,उनले आफुले कसैलाई दवाव नदिएको साथै दवाव दिएको भन्ने विषय कुनै व्यक्तिको कुरा रहेको बताए ।सचेतक कुमार कान्त झाले सचेतक पदबाट राजिनामा दिएछन् नी हो?भन्ने हाम्रो प्रश्नमा“सचेतक झाले राजिनामा दिएका भन्ने विषय आफुलाई थाहा नभएको र आधिकारीक राजिनामा नआएको”उनले दाबी गरे ।
यता,विशेष संसदीय छानविन समिति २०८० ले पेश गरेको प्रतिवेदन माथिको निर्णयार्थ पेश हुँदा नेपाली कांग्रेसका १८ जना प्रदेश सभा सदस्यहरु मध्य आठ जनाले बहिष्कार गरेका हुन ? भन्ने हाम्रो प्रश्नमा कांग्रेस उपनेता एवम निवर्तमान स्वास्थ्य तथा जनसंख्या वीरेन्द्र प्रसाद मन्त्री सिंहले प्रदेश सभा सदस्यहरुले वहिष्कार गरेका भन्न नमिल्ने र उपस्थित कांग्रेसका प्रदेश सभा सदस्यहरुले संसदिय दलमा छलफल गरि प्रतिवेदनको पक्षमा रहने भन्ने निर्णय भई हलमा गएकोमा कांग्रेसका केही प्रदेश सभा सदस्यहरुले विमती राखेका स्वीकार गरे।उनले कांग्रेस मधेश प्रदेशका सचेतक कुमार कान्त झाले राजिनामा दिनु भए छ हो ?भन्दा आफुलाई सो विषयमा आधिकारीक जानकारी नभएको बताए ।नेकपा(माओवादी केन्द्र) र जनता समाजवादी पार्टी(जसपा)नेपालका प्रदेश सभा सदस्यहरु प्रतिवेदन निर्णयार्थ पेश हुनु पुर्व हलबाट बाहिर निस्केका बताउँदै बाँकी सबै प्रदेश सभा सदस्यहरुले प्रतिवेदन पारित गरेका उपनेता सिंहले दाबी गरे ।
यता,प्रतिवेदन निर्णयार्थ पारित गर्ने समयमा माओवादी केन्द्रका प्रदेश सभा सदस्यहरु हलबाट बाहिरिनु भएको हो ?भन्ने हाम्रो प्रश्नमा “समितिले प्रतिवेदन निर्णयार्थ सदनमा पेश गरेको र बहुमतले पास भएको”नेकपा(माओवादी केन्द्र)का प्रदेश सभा सदस्य जवाहरलाल कुशवाहले बताए ।प्रतिवेदन उपर माओवादी केन्द्रका प्रदेश सभा सदस्यहरुको धारणा के हो ?भन्ने हाम्रो प्रश्नमा“संगठन कमाण्ड अनुसार चल्नु पर्ने र कुनै व्यक्तीले आफ्नो खुसीले गरेका कामको जवाफ पार्टीले दिन नसक्ने”उनले बताए।प्रतिवेदन उपर तपाईहरुको असर्मथता हो ? भन्ने हाम्रो प्रश्नमा “हलबाट बाहिरिनु नै प्रतिवेदन माथिको असर्मथता रहेको”माओवादी केन्द्रका प्रदेश सभा सदस्य कुशवाहले स्वीकार गरे ।मधेस प्रदेश सरकारको अर्थ र पर्यटन मन्त्रालयको अनियमितताबारे छानबिन प्रतिवेदन सदनमा पारित भएपछि थप कारबाहीका लागि सरकारलाई पठाइने प्रावधान रहेको छ ।
कांग्रेस मधेश प्रदेशको विवाद चरम उत्कर्षमा
नेपाली कांग्रेस मधेश प्रदेश कार्य समिति सभापति कृष्णा यादव भ्रष्ट मन्त्रीको कर्तुत र भ्रष्ट्राचार लुकाउन लागि परेका छन्।भ्रष्ट मन्त्रीहरु फरक पार्टीको भए पनि जातिगत रुपमा सद्भाव राखेर सभापति यादव उनीहरुको संरक्षणमा खुलेयाम लागेका पाइएको छ । समितिको प्रतिवेदन निर्णयार्थ पेश गरी पास गराउने सवालमा सभापति यादव आफ्नो पार्टीको विपक्षमा रहेका भएपनि प्रदेश कार्य समितिका उपसभापति वीरेन्द्र प्रसाद सिंहले अडान लिएपछि प्रतिवेदन पारित भएको छ ।
तत्कालीन अर्थ मन्त्री एवम जनता समाजवादी पार्टी(जसपा)नेपालका नेता यादव र माओवादी केन्द्रकी नेतृ एवम तत्कालीन पर्यटन मन्त्री सुनिता यादव भ्रष्टाचारमा लिप्त रहेका ठकर गर्दे छाविन समितिले तयार पारेको प्रतिवेदन पारित गराउने समयमा सभापति यादवले आफु निकटका प्रदेश सभा सदस्यहरुलाइृ बाहिरि बोलाएर पार्टीको संसदिय दलको निर्णयको विपक्षमा उभिएका उप सभापति सिंह पक्षको आरोप छ ।
मधेश प्रदेश सरकारका तत्कालीन अर्थमन्त्री सन्जय र तत्कालीन पर्यटन मन्त्री सुनिताले आर्थिक वर्ष २०७९/०८० मा विशेष,शसर्त र योजना रकमान्तरमा व्यापक अनियमितता गरेपछि उनीहरुमाथि छानबिन गर्न भन्दै गठन भएको समितिले दोषी ठहर गर्दै प्रतिवेदन तयार पारि निर्णयार्थ प्रस्तुत गरी पारित गरेको भएपनि सभापति यादवले त्यसलाई असमर्थ जनाएका छन् ।
प्रतिवेदनको विपक्षमा रहेर भ्रष्ट मन्त्रीको पक्षमा उभिने कांग्रेसका आठ जना प्रदेश सभा सदस्यहरु कांग्रेस प्रदेश सभापति एवम प्रदेश सभा संसदीय दलका नेता यादवको दबाबमा हलबाट बाहिरिएका भएपनि कांग्रेसले पार्टी भित्रको विवादलाई लुकाउने प्रयास गरेको छ । प्रतिवेदन निर्णयार्थ प्रस्तुत गर्दा त्यसलाई छल्न आफू काठमाडौं पुगेका सभापति यादवले काठमाडौंबाटै आफु निकटका कांग्रेसका प्रदेश सभा सदस्यहरुका साथै अन्य पार्टीका तर यादव समुदायका प्रदेश सभा सदस्यहरुलाई दवाव दिएर भ्रष्ट पूर्वमन्त्री जोगाउन लागि परेका कांग्रेसका एक नेताले बताए ।उनले जसका कारण मांग्रेस मधेश प्रदेशमा स्पष्ट दुई लाईन देखिएको बताए ।
“सभापति यादवले भ्रष्टाचारीहरुको पक्षमा लागेर पार्टीलाई विवादित बनाउनु भयो।यो राम्रो भएन।यसले नेपाली कांग्रेसको राम्रो सन्देश जनतामा जाँदैन् ।सभापति भएर पार्टी एकताबद्ध बनाउनुपर्नेमा जातिवादका नाममा भ्रष्टाचारीहरुको पक्षमा उभिएर पार्टीलाई विभाजन निम्त्याउनु दुख द हो ।”उनले भने ।

सम्बन्धित समाचार