सर्लाहीको हरिवन नगरपालिका ३ डाबरी टोलबाट करिब ८७ किलो प्रतिवन्धित लागु औषध गाँजा प्रहरीले बरामद् गरेको छ।हरिवन नगरपालिका ३ डाबरी टोलस्थित आँपको बगैंचा भित्रको झाडीमा शंकास्पद वस्तु लुकाई छिपाई राखिएको छ भन्ने विशेष सूचनाका आधारमा खटिएको ईलाका प्रहरी कार्यालय हरिवनको प्रहरी टोली करिब ८६ किलो पाँच सय पाँच किलो पाँच ग्राम प्रतिवन्धित लागु औषध गाँजा बरामद् गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रहरीका अनुसार हरिवन नगरपालिका ३ डाबरी टोलस्थित आँपको बगैंचा भित्रको झाडीभित्र सुकेको मकैको ढोडले छोपेर राखिएको बेवारीसे अवस्थामा लागुऔषध गाँजाका बरामद् गरिएको हो ।बरामद् गरिएको गाँजा ईलाका प्रहरी कार्यालय हरिवनको नियन्त्रणमा राखेर आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी,मलंगवा नगरपालिका ११ गम्हरिया टोलबाट करिब तीन किलो गाँजा सहित एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।प्रतिबन्धित लागुऔषध गाँजा बिक्री वितरण भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले मलंगवा नगरपालिका ११ गम्हरिया टोलबाट इन्दु देवीलाई दुई किलो पाँच सय ग्राम गाँजा सहित नियन्त्रणमा लिईएको हो ।