सर्लाहीको हरिवन नगरपालिका–३ डाबरी टोलबाट प्रहरीले ठुलो परिमाणमा प्रतिबन्धित लागुऔषध सहित एक जनालाई नियन्त्रणमा लिएको छ।विशेष सूचनाका आधारमा खटिएको ईलाका प्रहरी कार्यालय हरिवनको प्रहरी टोलीले हरिवन नगरपालिका–३ डाबरी टोल बस्ने अन्दाजी १९ वर्षीय सजन चमारले आफ्नै घरमा लुकाई छिपाई राखेको लागुऔषध कोडिन फस्फेट एण्ड ट्राइप्रोलिडिन एचसीएल सिरप लगायतको लागु औषध दुई सय ९२ बोतल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक वेद प्रसाद गौतमले जानकारी दिए ।

उनका अनुसार लागु औषध भण्डारण गरी बिक्री वितरण भईरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख एवम प्रहरी निरीक्षक चन्द्रकान्त अधिकारीको नेतृत्वको प्रहरी टोलीले चमारको घरबाट कोडिन फस्फेट एण्ड ट्राइप्रोलिडिन एचसीएल सिरप आरजेटी(एससीईएन लेखिएको दुई सय ६८ बोतल र प्लास्टिकको बोरा भित्र राखिएको कोडिन फस्फेट एण्ड ट्राइप्रोलिडिन एचसीएल सिरप आरटीएक्स(एससीईएन लेखिएको २४ बोतल गरी दुई सय ९२ पिस लागु औधष सहित चमालाई नियन्त्रणमा लिएको हो ।नियन्त्रणमा लिएका चमार र उत्तः लागु औषधको सवालमा आवश्यक अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।