Close This

तीन करोड १० लाखमा ईप्रका कर्मैयाको भवन निर्माण,एआइजी शाहीले गरे उद्धघाटन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१-३ गते   १९८ पटक हेरिएको

सर्लाहीको बागमती नगरपालिका ११ मा रहेको ईलाका प्रहरी कार्यालय कर्मैयाको आफ्नै कार्यालय भवनको आज एक कार्यक्रमका बिच उद्धघाटन गरिएको छ । नेपाल प्रहरीका अतिरिक्त महानिरिक्षक निरज बहादुर शाहीले एक कार्यक्रमका बीच भवनको उद्धघाटन गर्नु भएको हो ।


डिएफआइडीको आर्थिक सहयोग तथा युनोप्सको प्राविधिक सहयोगमा रु ३ करोड १० लाखमा निर्माण भएको ईलाका प्रहरी कार्यालय कर्मैयाको आफ्नै कार्यालय भवनको उद्धघाटन गरिएको हो । कार्यालय उद्धघाटन कार्यक्रममा प्रहरी अतिरिक्त महानिरिक्षक शाहीले नागरिकलाई गर्ने व्यवहार र प्रहरीले दिने सेवामा  समयानुकल परिवर्तन ल्याउन सर्लाहीका प्रहरी कर्माचारीहरुलाई निर्देशन समेत दिनुभयो ।  कार्यक्रमका प्रमुख अतिथिसमेत रहनु भएका प्रहरी अतिरिक्त महानिरिक्षक शाहीले देशको सुव्यवस्था र शान्ती सुरक्षामा प्रहरीलाई नागरिकले पनि सकेको सहयोग गर्नु पर्ने बताउनुभयो ।


त्यसैगरी बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाले जिल्लाको जनसंख्या अनुसार प्रहरी युनिटहरु र प्रहरी कर्माचारी थप गर्नु पर्ने माग गर्नुभयो  । उहाँले आफ्नो नगरमा साना ३ वटा प्रहरी युनिटहरु रहेका र थोरै प्रहरी कर्माचारीहरु रहेका कारण जनशिक्त थप गरिप्रहरी युनिटहरु पनि थप गर्न आवश्य रहेको बताउनु भयो । 


जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरी,प्रदेश नम्बर २ का प्रहरी प्रमुख प्रहरी नायव महा निरिक्षक धिरज प्रताप सिंह,एसएसपी केदार ढकाल,जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष सिंह राठौर,प्रहरी उपरिक्षकहरु शिद्धि विक्रम साह,हिमालय कुमार श्रेष्ठ,गंगाराम श्रेष्ठ,दिलिप कुमार सिंह लगायत बागमती नगरपालिकाकी उप प्रमुख लिला कुमारी मोक्तान,सर्लाहीका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङ्ग लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा सहभागी वक्ताहरुले जिल्लाको शान्ती सुरक्षामा  सर्लाही प्रहरकिोभुमिका महत्वपुर्ण रहेको बताएका छन् । 


इलाका प्रहरी कार्यालय कर्मैयाको भवनको लामा कन्ट्रक्सन कम्पनी प्रा.लीले डिएफआइडीको आर्थिक सहयोग तथा युनोप्सको प्राविधिक सहयोगमा रु ३ करोड १० लाखमा वि.ंसं. २०७६ जेठमा निर्माण सुरु गरि वि.ंसं. २०७७ कार्तिकमा निर्माण सम्पन्न गरेको युनोप्सका इन्जीनियर शिशिर उपाध्यायले जानकार दिनु भयो । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech