दुर्गा कुमारी अधिकारी
सर्लाहीको बागमती नगरपालिका भित्रका मा.वि स्तरका सामुदायिक विद्यालयका शिक्षकहरुको ह्यान्ड राइटिङ ट्रेनिङ हुने भएको छ ।बागमती नगरपालिका भित्र रहेका मा.वि स्तरका सबै सामुदायिक विद्यालयहरुका शिक्षकहरुको ह्यान्ड राइटिङ ट्रेनिङ असार २४ गते आईतबारबाट सुरु हुने बागमती नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।
असार २४ गतेबाट बागमती नगरपालिका भित्रका मा.वि स्तरका सामुदायिक विद्यालयका सबै शिक्षकहरुलाइ ७ दिने ह्यान्ड राइटिङ ट्रेनिङ सुरु हुने नगर शिक्षा शाखाका ओम बहादुर कार्कीले जानकारी दिए ।उनका अनुसार बागमती नगरपालिका ८ स्थित शंकरपुरमा रहेको नव जन जागरण माविमा मा.वि शंकरपुर र मा.वि सोल्टी क्लस्टरको ट्रेनिङ हुने,महेन्द्र मा.वि.कर्मैयामा मा.वि.मिलनचोक र मा.वि.धरहरा क्लस्टरको ट्रेनिङ हुने छ ।
हसार २४ गतेबाट सुरु हुने ७ दिने ह्यान्ड राइटिङ ट्रेनिङ असार ३० गते समापन हुने नगर शिक्षा शाखाले जनाएको छ । ७ दिने ह्यान्ड राइटिङ ट्रेनिङमा आउँदा सय पेज भएको अङ्ग्रेजी कापि लिएर आउन नगर शिक्षा शाखाले अनुरोध समेत गरेको छ ।