सर्लाहीको हरिवन स्थित रहेको इलाका प्रशासन कार्यालय विगत लामो समयदेखि प्रमुख विहिन बनेको छ।अधिकृत स्तरुका प्रमुखको दरवन्दी रहेको ईलाका प्रशासन कार्यालय हरिवन विगत करिब एक वर्षदेखि प्रमुख विहीन बनेको छ। अधिकृत स्तरका कमृचारी कार्यालय प्रमुख रहने ईलाका प्रशासन कार्यालय हरिवनमा हाल सुब्बा शिव शंकर महतोले निमित्त कार्यालय प्रमुखको भूमिका निर्वाह गरी राखेका छन् ।नागरिकता,राहदानी र राष्ट्रिय परिचय पत्र लगायतका महत्वपुर्ण कामहरु गरिने इलाका प्रशासन कार्यालय जस्तो महत्वपूर्ण सरकारी निकाय लामो समयसम्म प्रमुख विहीन रहनुले सेवाग्राही समेत मारमा परको स्थानीयले बताएका छन् ।
नागरिकता,राहदानी र राष्ट्रिय परिचय पत्र लगायतमा सामान्य समस्या सृजना हुँदा समेत सुब्बाले समाधान गर्न नसक्दा सेवाग्राहीहरु मारमा परेका स्थानीय सुशील खड्काले बताए ।उनका अनुसार ईलाका प्रशासन कार्यालय हरिवन लामो समयदेखि प्रमुख विहिन हुँदा कार्यालयले प्रवाह गर्ने सेवामा समेत समस्या सृजना हुने र सेवा प्रवाहको प्रभावकारिता बारे प्रश्न सृजना भएको छ ।
यस विषयमा सरोकावाला निकायलाई पटक पटक जानकारी गराउँदा पनि सरोकारवाला निकायले ध्यान नदिएको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन्।अधिकृत तहका कर्मचारीलाई कार्यालय प्रमुखका रूपमा नियुक्त गरी नियमित र प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्न आवश्यक रहेको स्थानीय जानकारहरुले बताए।सम्बन्धित निकायले यस विषयमा समयमै ध्यान दिई इलाका प्रशासन कार्यालय हरिवनमा अधिकृतस्तरका कर्मचारीको व्यवस्था गर्न स्थानीय जानकारहरुले माग गरेका छन।