Close This

ब्रम्हपुरी गाउँपालिका ४ बाट भन्सार छलीको कपडा र किरानाका सामान बरामद्

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-१०-३ गते   २५३ पटक हेरिएको


सर्लाहीको ब्रम्हपुरी गाउँपालिका ४ बाट प्रहरीले भन्सार छलीको कपडा सहित किरानाका सामान बरामद् गरेको छ । ब्रम्हपुरी गाउँपालिका ४ त्रिभुवननगरबाट ईश्वरपुर नगरपालिका ६ स्थित बयलवास तर्फ आउँदै गरेको यात्रुबाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा भनसर छलीको कपडा र किरानाको सामान बरामद् भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरीप्रमुख प्रहरी उपरिक्षक नरेश राज सुवेदीले जानकारी दिए ।
उनका अनुसार ब्रम्हपुरी गाउँपालिका ४ त्रिभुवननगरबाट ईश्वरपुर नगरपालिका ६ स्थित बयलवास तर्फ आउँदै गरेको ना.४ ख.४८०३ नम्बरको यात्रु वाहक बसलाई रोकी चेकजाँच गर्दा भन्सार छली ल्याएका विभिन्न किसिमका किराना सामानहरु र कपडा गरी अन्दाजी रु  ५२ हजार ६ सयको सामान नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ल्याइएको हो । प्रहरी चौकी त्रिभुवननगरबाट खटिएको प्रहरीको टोलीले सो सामान बरामद् गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech