सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका २ जखौलीमा उत्पादन भएको तरवुजा स्थानीय फलफुल पसल देखी काठमाडौको दरवार मार्गका फलफुल पसल सम्म पुगेको छ।हरिहरपुरगढी गाउँपालिका २ जखौलीको बागमती किनारमा उत्पादन भएको तरवुजा स्थानीय फलफुल पसल देखी काठमाडौको दरवार मार्गका फलफुल पसल सम्म पुगेको गाउँपालिकाको कृषि शाखाका प्रमुख प्रवेश देवकोटाले जानकारी दिए ।उनका अनुसार गाउँपालिकाका कृषकहरुले उत्पादन गरेको तरवुजा कृषक आफै काठमाडौँ सम्म लगेर तरवुजा विक्री गर्दा गाउँपालिकाको शान बढेको छ ।
तरवुजा विक्री गर्न कृषकलाई हरिहरपुरगढी गाँउपालीकाले निःशुल्क गाडीको व्यवस्था गरि दिएको गाउँपालिका अध्यक्ष वज्रध्वज वाईवा वताए।उनका अनुसार हरिहरपुरगढी गाउँपालिकाको प्राविधिक निगरानीमा करिब ४० हजार किलो तरवुजा हरिहरपुरगढी गाँउपालीकाको वागमती वगरमा उत्पादन भएको र जिल्ला सदरमुकाम सिन्धुलीमाडीदेखि हेटौडा तथा काठमाडौं सम्म देैनिक विक्रीका जाने गरेको छ ।गाउँका युवाहरूलाई स्वदेश मै रोक्ने उद्धेश्य सहित गाउँपालिकाले व्यवसायीक कृषिलाई प्राथमिकतामा राखेको र तरबुजा खेतीले कृषि व्यवसायमा थप सफलता र वेरोजगार युवाहरुलाई आकर्षण वढाएका गाउँपालिका अध्यक्ष वाईवाको दाबी छ ।